अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जना पक्राउ, ११ अर्ब ९१ करोड बिगो सहित अदालतमा मुद्दा दायर



हाम्रो इकोनोमि

 

 

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ।

काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई सिआइबीले पक्राउ गरेको हो।

सुनसरी धरान नगरपालिका–१९ जिमिचोक स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३३ वर्षीय सञ्जिव राईले भाडामा लिएको उक्त घरको १ कोठाबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास भएको थियो।

उक्त सूचना पाएपछि सिआइबी खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूबाट १ सय २८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टिप्लक १ थान, युपिएस १ थान बरामद गरेको छ।

त्यसैगरी नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाइल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद भएको छ।

अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत् ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत् सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य सञ्चालन गर्ने योजनामा उनीहरू रहेको खुल्न आएको सिआइबीले जनाएको छ।

उनीहरूमाथि ‘दूरसञ्चार ऐन, २०५३’ अन्तर्गत थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। सिआइबीले अहिलेसम्म कल बाइपास गर्ने कार्यमा संलग्न ३६ विदेशी र १ सय ३० नेपाली गरी १ सय ६६ जनालाई पक्राउ गरिसकेको छ।

पक्राउ परेकाहरुबाट ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बिगो माग दाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...