मुस्ताङमा कालिगण्डकी थुनियो



हाम्रो इकोनोमि

 

मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ ।

बुधबार विहान १० बजे भरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २/३ सय मिटर जमिन भासिएर नदी थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि नदी थुनिएको हो ।

नदीको एकापट्टिको किनार थुनिएर २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेका छन् ।  उनीहरुले पहिरोसँगै झरेको रुखहरु हटाएपछि नदीले माटो बगाउन थालेको छ । ‘सुरक्षाकर्मीहरुले रुखविरुवा हटाएपछि पानी बग्न थालेको छ, त्यस्तो खतरा केही छैन’ उनले भने ।

नदीमा थुप्रिएको माटो पन्छाउन एक्साभेटर मगाइएको पनि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...