२४ घण्टामा ३ इन्काउन्टर , गोंगबुमा अाज पनि अर्काे व्यक्ति माथी ‘इन्काउन्टर’



हाम्रो इकोनोमि

 

 

प्रहरीले मंगलबार दिउँसो गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको खुलेको छ ।

प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज हुन् ।

वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अझै अस्तित्वमा छ ।

गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेको छ । एसएसपी लामाले भने, ‘नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको हो । उसले पनि त्यो हतियार पहिल्यैदेखि राखेको स्वीकारेको छ ।’

प्रहरीसँग तामाङको भिडियो बयान समेत रहेको बताए । ‘मान्छे सोझो होला तर, गरेन भन्ने हुन्छ र ?’, उनले प्रश्न गरे । उनले सुन लुट्ने उद्देश्यले हतियार ल्याइएको हुनसक्ने आशंका रहेको समेत सुनाए ।

प्रहरीको यो दाबीसँग नेकपा काभ्रेका नेताहरुले सहमत छैनन् । उनीहरुले लामा कुखुरा पालन व्यवसायमा भएको दाबी गरेका छन् ।

प्रहरीको सुराकी पनि थिए लामा ?

पछिल्लो समय प्रहरीले काम देखाउन सामान्य अपराधीलाई पनि गोली हान्न थालेको भन्दै आलोचना हुन थालेको छ ।

अघिल्लो साता मात्रै प्रदेश २ र ५ मा गरी ३ जनामाथि प्रहरीले गोली हानेको थियो । सिरहा र बाँकेमा दुई जनालाई खुट्टामा हानेर पक्राउ गरिएको थियो भने रुपन्देहीमा प्रहरीको गोली लागेर मारिएका कुख्यात अपराधी भएको खुलेको छ ।

मंगलबार भने काम देखाउने होडवाजीमा गोली चलाइएको उनको आफन्तको आरोप छ । स्रोतका अनुसार तामाङ कुनै समय प्रहरीकै सुराकी समेत थिए ।

अनि खुल्यो राजनीतिक संलग्नता

प्रहरीको गोली लागेका तामाङ वाईसीएल जिल्ला कमिटी, काभ्रेको इञ्चार्ज भएको समेत खुलेको छ । साँझ काभ्रेका केही बहालवाला सांसद्देखि पूर्वमन्त्रीसम्मले चासो देखाएपछि मात्र उनी उनी वाईसीएलको नेता भएको खुलेको हो ।

स्रोतका अनुसार घटनापछि काभ्रेका सांसद् बमध्वज तामाङ, पूर्वराज्यमन्त्री गंगाबहादुर तामाङ लगायतले चासो राख्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई फोन गरेका थिए । उनीहरुले कुनै अपराधमै संलग्न नभएको व्यक्तिलाई गोली हानेको भन्दै आक्रोश व्यक्त गरेको स्रोतको दाबी छ ।

घटनापछि त्रिवि शिक्षण अस्पतालमा गएर घाइते तामाङलाई भेटेका नेकपाको काभ्रे जिल्लाका एक जना नेताले अनलाइनखबरसँग भने, ‘मान्छे एक्लै छ भन्ने पहिल्यै सूचना पाएकै थियो । तर, ढोका खोल्ने वित्तिकै गोली हानिएको रहेछ ।’

यसबारे संगठनले आधिकारिक रुपमा बोल्ने उनले बताए । ‘बनेपाको बुडोलमा कुखुरा पालन गरेर बसेको मान्छेमाथि प्रहरीले गोली चलाउनु हाम्रो लागि अनपेक्षित हो’, उनले भने । उनका अनुसार तामाङ पूर्वलडाकु समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...