जापानमा आगोले जलेकी नुवाकोटकी एक महिलाको उपचारको क्रममा निधन



हाम्रो इकोनोमि

 

टोकियो । काम गरेकै स्थानमा आगोले पोलेर गम्भिर घाईते हुनुभएकी नेपाली चेलीको जापानमा उपचारको क्रममा निधन भएको छ ।

नुवाकोट जिल्ला घर भई हाल जापानको युकीमा श्रीमानको साथमा बस्दै आउनुभएकी ३१ बर्षिय सावित्रि नेपाल रिमालको उपचारको क्रममा ओकायामा प्रिफेक्चरमा रहेको चिकुबा अस्पतालमा हिजो २१ तारिख साँझ निधन भएको हो ।

गत डिसेम्बर १० तारिखका दिनमा काम गर्ने ठाउँमा केमिकल सरसफाईका क्रममा कोठा तातो बनाउन बालिएको हिटरबाट आगो सल्कन पुग्दा उहाँ आगोले जल्न पुग्नु भएको थियो ।

आगालागीबाट शरिरको अधिकाशं भाग जल्न पुगेपछि त्यसयता अस्पतालको आकस्मिक कक्षमा उपचाररत रिमाललाई हिजो सोमबार साँझ ८ ५१ मा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

परिवारका सदस्यहरुका अनुसार उहाँले केही दिनयता मान्छे चिन्न छाड्नुभएको थियो भने चिकित्सकहरुले आफुहरुबाट सम्भव उपचार सबै गरेको बताएका थिए ।

शरिरको अधिकाशं भाग जल्न पुगेपछि उहाँको किड्नी, फोक्सो र कलेजोले काम गर्न छाडेपछि निधन हुन पुगेको चिकित्सकहरुले बताएका छन् ।

नुवाकोट बिदुर घर हुनुभएकी रिमाल पछिल्लो पटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान आउनुभएको थियो ।

मृतक सावित्रको दाह संस्कार जापानमै गरिने भएको छ । उहाँको दुई सन्तान नेपालमै रहेका छन् ।

यसैबिच नुवाकोट समाज जापानले आफ्नो जिल्लावासी चेलीको दुखद निधन भएको घटनामा गहिरो दुख व्यक्त गरेको छ ।

मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समाजका अध्यक्ष हरि लामिछानेले शोक सन्तप्त परिवारजनमा समवेदन समेत व्यक्त गर्नुभएको छ ।

निधन हुनुभएकी सावित्राको दाह संस्कार जापानमै गरिने भएकाले उहाँको दाहसंस्कारको लागि समाजले आवश्यक व्यवस्थापनको लागि समन्वय अघि बढाएको समेत अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

आवश्यक खर्च देखी सबै विषयमा परिवारका सदस्यहसँग समन्वय थालिएको भन्दै नुवाकोट समाज जापानका अध्यक्ष लामिछानेले दाहसंस्कार बारे जानकारी छिट्टै सार्वजनिक गरिने बताउँदै सबै जापानवासी नेपालीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ । जापानसमाचार डटकमबाट

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...