मन्त्री मगरले गरिन १ अर्ब घोटला, मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी



 

मेलम्ची खानेपानी आयोजनामा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी गरी मन्त्री मगरले १ अर्ब घोटला गरेको खुलेको छ । मन्त्री बिना मगरले सिचव मार्फत अन्तिम किस्ता बुझाउँदा १ अर्ब घोटला गरेको खुलेको छ । अब नयाँ कम्पनि खडा गरेर काम सकिन २ बर्ष लाग्ने भएको छ । काठमाण्डौबमसीले मेलम्चीको पानी खान अझै २ बर्ष कुर्नुपर्ने भएको छ ।

 

मेलम्ची खानेपानी आयोजनासँगको सहमति अनुसार काम नगरेको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई सम्झौता गरिएको रकम भन्दा बढी भुक्तानी दिइएको छ । आयोजना र सिएमसीबीच ३१ असार २०७० मा ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर आयोजनाले भूकम्प र नाकाबन्दीका समयमा कम्पनीको क्षतिपूर्तिको नाममा १० अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिएको छ । यसरी मेलम्ची खानेपानी आयोजनाले सम्झौता रकम भन्दा २ अर्ब ८१ करोड रुपैयाँ बढी भुक्तानी सिएमसीलाई दिएको छ ।

 

२२ प्रतिशत काम बाँकी

इटालियन ठेकेदार सिएमसी कम्पनीले ठेक्का लिएको कुल कामको २२ प्रतिशत काम अझै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सिएमसीसँग सम्झौता हुँदा २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य बाँध र सहायक बाँध निर्माण गर्ने, सुरुङ भित्र ढलान गर्ने लगायतका काम गर्नु पर्ने सहमति भएको थियो । त्यस्तै सुरुङ भित्रको हावा पास गर्नका लागि तीन ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने र सुरुङ भित्र सटकिट राख्ने लगायतका सम्झौता भएका मेलम्ची खानेपानी आयोजनाका आधिकारीहरु बताउँछन् ।

 

त्यस्तै सुरुङबाट पानी झर्ने स्थान सुन्दरी जलमा भल्भ गेट राख्ने, र प्रशोधन केन्द्रसम्म पानी पुर्‍याउनेका लागि आवश्यक पाइप फिट गर्ने लगायतका काम ठेक्का सम्झौताका क्रममा भएका थिए । ती मध्ये सुरुङ खन्ने, सुरुङ भित्र सटकिट राख्ने र ढलानको काम मात्रै सम्पन्न गरिएको मेलम्ची आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार सिएमसीले करिब ७८ प्रतिशत काम सम्पन्न गरेको छ । अन्य पाइप फिटिङ तथा सुन्दरीजलमा सुरुङ भित्रको सफाइका लागि फ्लस आउटको काम चलिरहेकै बेला सिएमसीले गत पुस अन्तिम साता काम छाडेको थियो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै करिब २ अर्ब रुपैयाँ लागत लाग्ने बताए । यद्यपि आयोजनाले बाँकी कामको बारेमा अध्यन गरिरहेको ती अधिकारीको भनाइ थियो ।

 

तीन पटकको पत्रको प्रतिक्रिया नै आएन

मेलम्ची खानेपानी आयोजनाको काम छाडेर इटाली गएको सिएमसी कम्पनीलाई यसबीचमा तीन पटक पत्र पठाइसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्रालयका एक अधिकारीले यसबीचमा मेलम्ची आयोजनाले तीन पटक पत्राचार गरेको तर सिएमसीका प्रतिनिधि सम्पर्कमा नै नआएका बताए । ‘यसबीचमा आफ्नो तर्फबाट तीन पटक सम्म पत्राचार गरियो’ मन्त्रालयका ती अधिकारीले भने, ‘हिजो अन्तिम पटक १४ दिनको समय दिएर पत्र पठाइएको छ ।’

 

मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी राजेन्द्र पन्तले कन्ट्रयाक्टको प्रावधान अनुसार आफूहरुले आइतवार अन्तिम पटक पत्राचार गरेको र दिइएको समय भित्र नआए ठेक्का प्रक्रिया रद्द गरिने जानकारी दिए । ‘हामीले यसअघि पनि बोलाउने प्रयास गरेकै थियौं । हिजो पनि १४ दिनको सयम दिएर पत्राचार गरेका छौं’ पन्तले लोकान्तरसँग भने, ‘१४ दिन भित्र नआएमा ठेक्का रद्द गरिएको अर्को पठाउने छौं, ।’

 

के हुन्छ भुक्तानी गरिएको रकम ?

मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी पन्तले धरौटी जफत गर्ने लगायतका प्रक्रिया र मुद्दा मामिला गराए भएपनि भुक्तानीको रकम असुल गरिने बताए । ‘भुक्तानी रकम कति गरिएको छ भन्ने विषयमा अध्ययन गर्दै छौं’ पन्तले भने, ‘काम अनुसारको रकम भुक्तानी गरेको नदेखिएमा क्षतिपुर्तिसहित अन्य प्रक्रियाबाट  असुलिन्छ।’

 

अबको विकल्प

तोकिएको १४ दिन भित्र सिएमसी फर्केन भने अबको प्रक्रिया के हुन्छ ? भन्ने लोकान्तरको प्रश्नमा आयोजनाका सुचना अधिकारी पन्तले छलफल भइरहेको बताए । ‘छलफल गरिरहेका छौं’ उनले भने, ‘अन्य विकल्पहरुका बारेमा पनि छलफल गर्छौं।’

 

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीले सिएमसी फर्किएर आएन भने मन्त्रिपरिषदले निर्णय गर्ने बताए । उनले बढी रकम भुक्तानीका बारेमा आफूलाई थाहा नभएको र अबको विकल्पका बारेमा आवश्यक छलफल भइरहेको बताए । सेनालाई दिने वा कसले बनाउने भन्ने विषयमा मन्त्रिपरिषदको निर्णय अन्तिम हुने बताए ।

मेलम्ची खानेपानी आयोजनाको निर्माणको अन्तिम चरणमा रहेको भनिएका बेला इटालीको ठेक्केदार कम्पनी सिएमसी काम छाडेर स्वदेश गएको थियो ।

 

आयोजनाले शुक्रबारसम्म ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्केको भन्दै ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल शुक्रबार बेलुका कम्पनीलाई पठाएको थियो । आयोजनाले सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गर्ने मनसायले पटकपटक आग्रह गर्दा पनि उसले वेवास्ता गरेको जनाएको छ ।

 

आयोजनाका कार्यकारी निर्देशक कँडेलले आयोजनाको म्याद आगामी फेव्रुअरी १० सम्म मात्रै भएकाले अब सरकारले उसको धरौटी जफत र सरकार आफैंले आयोजनाको काम गर्नुपर्ने बताए ।  ‘अहिलेसम्म ९७ प्रतिशत काम सकिएको छ । अव रिटेन्डर गर्दा पनि समय लाग्न सक्छ त्यसकारण सरकार आफैंले जिम्मा लिएर बनाउनुको विकल्प छैन’ कार्यकारी निर्देशक कँडेलले भने ।

 

ठेकेदार कम्पनी सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने र काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोट जफत नगर्ने प्रतिबद्धता आउनुपर्नेलगायतका सर्त अघि सारेको थियो ।

 

तर, आयोजनाले युद्धको अवस्था नभएको र शान्ति–सम्झौता गर्नुपर्ने पनि होइन भन्दै काठमाडौंमै वार्ता गर्न सकिन्छ भनेर पत्र लेखेको थियो । आयोजनाका अनुसार ठेकेदार कम्पनीले काम गरेको भए धरौटी लगायतक काम गरेबापतको लगभग साढे अर्ब रकम लैजाने भएपनि काम नगरेकाले त्यो रकम नेपाल सरकारको खातामा जाने छ ।

 

सेक्युरिटी बापतको २ अर्व १६ करोड, ३८ करोड धरौटी ५५ करोड काम गरेको र दावी रकम पनि ठेकेदार कम्पनीले नपाउने भएको छ । ठेक्का सम्झौता तोडिएसँगै अब खानेपानी मन्त्रालयले मेलम्चीको बाँकी काम सरकार आफैले गर्ने भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ । ‘सम्भवत आज बस्ने बैठकमा यो प्रस्ताव जान्छ’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने, ‘अब धेरै चिन्ता गर्नुपर्दैन सरकार आफैले आयोजनाको काम अघि बढाउछ ।

 

ठेकेदार कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको २७ जनाको टोली अङ्ग्रेजी नयाँ वर्ष मनाउन भन्दै नेपाल छाडेर गएका थिए । यसअघि ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनास्थल छाडेर काठमाडौं आएपछि उनीहरुलाई नियन्त्रणमा लिएर उनीहरूको राहदानी जफत गरेको थियो ।

 

त्यसपछि नेपालका लागि इटालियन राजदूतको पहलमा काममा फर्कने सर्तमा सरकारले कम्पनीका प्रतिनिधिलाई नेपाल छाड्ने अनुमति दिएको थियो ।  अहिलेसम्म ठेकेदार कम्पनीले नेपाली सप्लायर्स र कामदारलाई एक अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी