बुवाले दोस्रो विवाह गरी बेपत्ता भएपछि बहिनी बोकेर पढ्दै सुनिता (फोटो फिचर)



हाम्रो इकोनोमि

 

घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने घरमा कोहि थिएन । बिदाको दिन बाहेक एक दिन पनि विद्यालय नछोड्ने सुनिता बहिनीको धरालो गरेर करिब १ महिना विद्यालय गइनन् ।

घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन । पढाइमा तेज उनलाई विद्यालय जाने हुटहुटी लाग्यो ।

एक दिन उनले जुक्ति निकालिन् । ६ महिनाकी बहिनीलाई पिठ्युमा बोकेर विद्यालय जाने ।

घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन । पढाइमा तेज उनलाई विद्यालय जाने हुटहुटी लाग्यो । एक दिन उनले जुक्ति निकालिन् । ६ महिनाकी बहिनीलाई पिठ्युमा बोकेर विद्यालय जाने ।

IMG_1440
१० वर्षीय सुनिता विक वीरेन्द्रनगर नगरपालीका १० दिपनगर सुर्खेतमा बस्दै आएकी छिन् । सुनिता मंगलगढि प्राथमिक विद्यालय दिपनगर सुर्खेतमा कक्षा ५ मा पढ्दैछिन् । बुवाले दोस्रो विवाह गरेर बेपत्ता भएपछि आमा सीता वि.क मजदुरी गर्न जान्छिन् । उनका दाई कक्षा ९ मा पढ्दै छन् ।

सुनिताका बुवाले दोस्रो विवाह गर्ने बेलामा उनकी आमा गर्भवती थिइन् । बुवाले घर छोडेको डेढ वर्ष भयो । उनकी बहिनी पनि अहिले करिब एक वर्षकी भइन् । सुनिताले गत जेष्ठ महिनादेखी बहिनीलाई पिठ्युमा बोकेरै विद्यालय पढ्दै आएकी छन् ।

IMG_1406
अचम्मको कुरा त यो छ की सुनिता कक्षाको मात्रै होइन विद्यालयकै राम्रो विद्यार्थी हुन् । बहिनी बोकेर आउँदा शुरुका दिनमा उनलाई साथीहरुले जिस्काउथे । त्यहि कारणले उनलाई विद्यालय जान छोडौंकी जस्तो नलागेको पनि होइन तर सुनिताले हिम्मत बढाइन ।

भन्छिन् ‘शुरुशुरुमा त मलाई बहिनी बोकेर विद्यालय आउन नरमाइलो लाग्थ्यो । साथीहरुले पनि जिस्काउंथे । तर मेरो आमाको दुख देखेर मलाई पढाई छोड्न मन लागेन ।’
सुनिता भविष्यमा शिक्षक बन्न चाहन्छिन् । आफूजस्तै दुःख पाएकाहरुका लागि सहयोग गर्ने पनि उनको लक्ष्य छ । सुनिता कक्षा कोठामा बहिनीलाई बोकेर उभिरहन्छिन् । बहिनी निदाएको बेलामा मात्रै सुनिता बेञ्चमा बस्न पाउंछिन् । कहिले कांहि बहिनीको कारण कक्षाकोठाका सबै विद्यार्थीहरुलाई असर पर्न जान्छ ।

विद्यालयकी प्राधानाध्यापक शान्ति ढकाल भन्छिन् ‘सुनिता विद्यालयमा भर्ना भएपछि एक महिना विद्यालय आइनन् । कारण बुझ्दा बहिनीको धरालो गर्नुपर्ने बाध्यता रै‘छ ।’
उनीहरुको आर्थिक स्थिति एकदमै नाजुक छ । आमाले मदुरी नगरी घरको चुलो बल्दैन । विद्यालयले सुनिताका लागि पोशाकको पनि व्यवस्था गर्दै आएको छ ।

IMG_1424
‘सुनिता कक्षाको मात्रै होईन विद्यालयकै राम्रो विद्यार्थी हो ।’ प्राधानाध्यापक ढकालले भनिन् ‘हाम्रो विद्यालय कक्षा ५ सम्म मात्रै छ । अब सुनिता अर्को विद्यालयमा जानुपर्छ । हामीले चाहेर पनि उनलाई सहयोग गर्न सक्दैनौं । आर्थीक अभावका कारण सुनिताको पढाई अलपत्र हुन्छकी भन्ने डर छ ।’ प्राधानाध्यापक ढकालले सहयोगी दाताहरुसंग सुनिताको परिवारलाई आर्थिक सहयोग गरिदिन अपिल समेत गरिन् ।

सुनिताकी आमा सीतालाई अहिले चौतर्फि तनाब छ । भनिन्, ‘म डुङेश्वर गाउँपालीका २ लांकुरी दैलेखमा बस्थें । श्रीमान सुर्खेतमै बस्नुहुन्थ्यो । अर्काको श्रीमती उठाएर हिड्नुभएछ । मुद्धा परेपछि अहिले घर जग्गा पनि अदालतले एकहोरो फैसला गरेर लिलाम बोल्नेवाला छ । श्रीमान्को अत्तोपत्तो छैन ।’

IMG_1430IMG_1432
तीनजना छोराछोरीको पेट भर्नको लागि सानो छोरी ५ महिनाको भएदेखि आफू ‘लेबर’ काम गर्दै आएको भन्दै थपिन्, ‘अहिले सम्म काम गरेरै छोराछोरीको पेट भरेकी छु । छोराछोरी कसरी पठाउने भन्ने ठूलो चिन्ता छ ।’ साक्षर सीताले लेबर काम गरेर दिनमा तिन देखी पाँचसय मात्रै कमाउने र त्यो पनि काम नपाउँदा भोकै बस्नुपर्ने बाध्यता भएको सुनाइन । यो भनिरहँदा उनका आँशु रोकिएनन् ।

सुनिताका लागि अहिलेसम्म कुनै पनि संघ संस्थाले सहयोग नगरेको र विद्यालयले कापी कलम तथा पोशाक दिंदै आएको शिक्षक शिवप्रसाद उपाध्ययले बताए ।

IMG_1413IMG_1444IMG_1418

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...