सीता दाहाल ‘हाइ अलर्ट केयरमा’, डाक्टर भन्छन्–हिजोभन्दा आज सुधार छ



हाम्रो इकोनोमि

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई हाइ अलर्ट केयरमा राखेर उपचार भइरहेको छ । उनको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको हो ।

उपचारमा संलग्न डाक्टर युवराज शर्माले दाहालको स्वास्थ्यमा हिजोको तुलनामा आज सुधारउन्मुख देखिएको जानकारी दिए । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

‘उहाँमा पहिलेदेखि नै डायबिटीज र प्रेसरको समस्या थियो । हामीले हाइ अलर्ट केयरमा राखेर उपचार गरिरहेका छौं’, डा शर्माले रातोपाटीसँग भने, ‘उहाँको स्वास्थ्यमा हिजोभन्दा आज सुधार देखिएको छ ।’

अस्पताल स्रोतका अनुसार सन्तान वियोगको पिडामा रहेकी दाहालमा कमजोरीपन पनि रहेकाले पछिल्लो बिरामीले थप स्वास्थ्यमा असर पर्न नदिन हाइ अलर्ट केयरमा राखेर उपचार गरिएको हो । अस्पताल स्रोतका अनुसार दाहालको रिपोर्ट आउने क्रममा रहेको र स्वास्थ्यमा केही सुधारआएकाले डिस्चार्ज गर्न अझैं केही दिन लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...