आज ३ घन्टाभन्दा बढी समय चन्द्रग्रहण लाग्दै , नेपालका सबै स्थानबाट देख्न सकिने , यी बस्तुको दान गर्दा अत्यन्तै राम्रो



हाम्रो इकोनोमि

 

सन् २०१९ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। नेपालसहित विश्वका विभिन्न भू–भागबाट चन्द्रग्रहणको अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्। वर्षा, कुहिरो तथा बादलका कारण भने चन्द्रग्रहण अवलोकनमा समस्या पर्नसक्ने बताइएको छ।

चन्द्रग्रहण आज राति ९ः१८ः५४ बाट सुरु भई मध्यरात १२ः३५ः३९ सम्म रहने छ। ३ घन्टाभन्दा बढी समय लाग्ने ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने छ।

ग्रहण सकेसम्म खाली आँखाले नहेर्न खगोलविद्हरुले सुझाएका छन्। दुरबीन, पानीलगायतका माध्यमबाट ग्रहण अवलोकन गर्न सकिने छ।

चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ। यसबीचमा गहुँ, धान, चना, मसुरो,चिनी , चामल, कालो रङको कम्बल, चाँदीलगायत दान गर्दा ग्रहणको दोष नलाग्ने जनविश्वास छ।राशीअनुसार ग्रहण हेर्दाको फल :मेषलाई–व्यथा। वृषलाई–श्रीप्राप्ति।

मिथुनलाई–क्षति। कर्कटलाई–घातक। सिंहलाई–व्यय। कंन्यालाई–लाभ। तुलालाई–सुख। वृश्चिकलाई–मान नाश। धनलाई–कष्ट। मकरलाई–स्त्री पीडा। कुम्भलाई–सौख्य। मीनलाई–चिन्ता

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...