बाबु वेपत्ता भएपछि आमाको क्रियामा बसेकी १३ वर्षिय सविनालाइ जुट्न थाल्यो सहयोग



हाम्रो इकोनोमि

 

झापा,गत बिहिवार झापाको मेचीनगर ११ को एक परिवारमा परेको बज्रपातको बिषयमा समाचार प्रकाशित भएपछि उनलाइ आर्थिक सहयोग जुट्न थालेको छ

बाबु बेपत्ता भएपछि आमाको दाहासंसकार गर्दै १३ वर्षिय बालिका सबिना मेचे । तस्विर खगेन्द्र घिमिरे झापा ।

बाबुको माया थाहा नपाउदै बेपत्ता भएका र आमाको काखामा हुर्किएकी झापा मेचीनगरकी एक बालिका माथि परेको बज्रपात लाई झापामा रहेका हाम्रा सहकर्मी खगेन्द्र घिमिरेले तयार पारेका थिए ।

सो समाचार अहिलेसम्म १२ हजार ७ सय पटक शेयर भैसकेको छ र सो क्रम बढ्दै गइरहेको छ ।

मेचीनगर ११,धाईजन की सविना मेचे बाच्चा हुँदा बिदेश गएका उनका बाबु हाल सम्म घर नआएका र मुटु रोगबाट पिडित आमाले पनि संसार छोडेकी छिन् । त्यो दुखद घटना पछि बालिका आफै आमाको काजकिरीया गर्न बसेकी थिइन् ।

यो समाचार प्रकाशन र प्रशारण भएपछि ३ दिनमै स्वदेश तथा बिदेशका धेरै पाठकले चासो देखाउनु भएको थियो । आफुले छोरी जस्तै मानेर पाल्ने समेत बताउनु भयो । भने केहीँ सहयोगी मनहरु सहयोग साम्रगी र आर्थिक रकम लिएर घर पुग्नु भएको छ ।

उनको घरमा पुगेर दृव्यज्योति आखाँ अस्पताल मेचीनगर र त्यसकी संचालिका गिता खड्का र हन्य सहयोगिको साथले ति परिवारलाई ५७ सय रुपैया हस्तान्तरण गर्नु भएको छ । भने चामल लगायतका खाद्यन्न समेत दिनु भएको हो ।

त्यस्तै दमक ६ निवासी गिता लिम्बुले ति बालिकाको अवस्था देखेर नगद ५ हजार सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । भने दमक निवासी फुङसा लिम्बुले २५ सय रुपैया सहयोग रकम प्रदान गर्नु भयो ।

यता मेचीनगर नगरपालिकाले ति बालिकाको लागि १० हजार सहयोग रकम दिने मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले जानकारी दिनु भयो ।

उनको घरमै पुगेर सहयोग प्रदान गर्दै भावुक बनेका सहयोगी दाताहरुले चेलीको लागि अन्य सँग समेत सहयोग गरिदिन आग्रह गर्नु भएको छ । तपाईलाइ पनि सहयोग गर्ने मन सिधै मोबाइल नम्बर ९८५२६६२३८२ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...