धर्मान्तरणकाे अर्काे धन्दा : कसले घुसायाे स्वस्थानी व्रतकथाकाे किताबमा जिसस क्राइष्टकाे कथा ?



हाम्रो इकोनोमि

 

 

हिन्दू धर्मावलम्बीहरुको महान् आस्थाको धरोहरका रुपमा रहेको श्रस्वस्थानी व्रतकथाभित्र समेत क्रिश्चियानिटी घुसाएर विकृत बनाउन थालिएको छ ।

धर्मान्तरणकाे याे अर्काे धन्दा चालै नपाउने किसिमले हालै आएको स्वस्थानी व्रतकथा किताबको नयाँ संस्करणमा जिसस क्राइष्टकाे दृष्टान्त घुसाइएकाे छ ।

बजारमा छ्यापछ्यापती बिक्री भइरहेकाे साे किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको छ ।

बाइलबका दृष्टान्त कथाहरु स्वस्थानी कथाभित्र घुसाएको पाइएपछि काठमाडौँ लगायतका पुस्तक पसलहरुमा सो किताब बिक्री वितरणमा रोक लगाइएको छ ।

यसले स्वयं पुस्तक बिक्रेता र हिन्दूधर्मप्रति आस्थावान् नागरिक अचम्मित मात्र होइन, आक्रोशित समेत भएका छन् ।

आज सोमबार (माघ ७) देखि १ महिनासम्म श्रीस्वस्थानी व्रतकथा सुरु भएको छ भने सालीनदी लगायतका पवित्रस्थलमा स्वस्थानी मेला समेत सुरु भएको छ ।

घर–घरमा महिमापूर्वक वाचन हुने मौलिक धर्मग्रन्थ श्रीस्वस्थानी व्रतकथामा कसले र किन घुसायो त बाइबलका कथा ?

दूधविनायक वराणसीबाट प्रकाशित भएको भनिएको सो स्वास्थानी व्रतकथाको किताबभित्र जिसस क्राइस्टसम्बन्धी सामग्री प्रकाशन भएको छ ।

यसको लेखकमा बाबु माधवप्रसाद शर्माको नाम छ ।

किताबकाे प्रकाशक रहेका माधव शर्माका पुत्र सागर शर्माले साे पहिलेदेखि साेही नामबाट प्रकाशन हुँदै अाएकाे स्वस्थानी व्रतकथा किताबमा क्राइष्टकाे कथा घुसाएका हुन् ।

किताबको मूल्य पनि सस्तो राखिएको छ, धेरैले किनून् भन्ने प्रकाशकको चालबाजी देखिन्छ ।

किताबका अन्तिमतिर पेजमा विशेष टिप्पणी अन्तर्गत घुसाइएको क्राइष्टको दृष्टान्तले अन्ततः क्राइस्ट नै महान् मुक्तिदाता हुन् भन्ने सन्देशलाई नै महत्व दिएको छ, जसले असली स्वस्थानी व्रतकथाप्रति विभ्रम समेत उत्पन्न गराउन खोजिएको छ ।

विगतदेखि पनि सर्वाधिक बिक्री हुने गरेको सो प्रकाशनको स्वस्थानी व्रतकथाको किताबमा यस वर्षदेखि केही परिमार्जन गर्दै बाइबलका कथा घुसाइएको हो ।

उक्त दृष्टान्तमा जिसस क्राइस्टलाई सुलीमा चढाएको र उनले सबैलाई प्रेम र कल्याण गरेको उल्लेख छ ।

पेज नं २६७ र २६८ मा सो दृष्टान्त समावेश छ । त्यसमा भनिएको छ, ‘अल्पमति र अल्पदृष्टिवान मनुष्यहरुले भनेजस्तो गरी इच्छपूर्ति नगराएर प्रेयभन्दा श्रेयलाई प्रधानता दिई सर्वाधिक कल्याण गर्ने क्रमबाट नै सर्वसामथ्र्यवान् परमपिता परमेश्वरले कार्य गर्नुहुन्छ ।’

लेखककै हातबाट च्यात्न लगाइयाे पाना

बनारसमा नेपाली संस्कृत महाविद्यालयका छात्र मनोज भण्डारीले यसरी स्वस्थानी व्रतकथामा क्राइष्टका दृष्टान्त दिने लेखक/प्रकाशक सागर शर्मालाई नै भेटेर उनकै हातबाट ती पानाहरु च्यात्न लगाएको भिडियो आफ्नो फेसबुकमा हालेका छन् ।

भण्डारीका अनुसार सुरुमा सागर शर्माले आफ्नो गल्ती नरहेकाे जिकिर गरेका थिए ।

तर उनकाे नेतृत्वमा शर्माकै घरमा पुगेकाे समूहसँग बहस गर्दै जाँदा शर्माले गल्ती स्वीकार गरी जिससकाे दृष्टान्त समावेश गरिएका पाना च्यात्न तयार भएका हुन् ।

शर्माले अाफ्ना बिक्रेता एवं वितरकहरुलाई समेत ती पाना च्यातेर या हटाएर मात्र बिक्री गर्न अादेश दिने कुरा स्वीकार गरेकाे भण्डारीले न्युज २४ लाई बताए ।

‘हामी सम्झाउन जाँदा सागर शर्माले उल्टै पुलिस बोलाउने धम्की दिएका थिए,’ भण्डारीले भने, ‘बहस गर्दै जाँदा उनले अाफ्नाे गल्ती स्वीकारेका हुन् हामीसँग ।’ साे दृष्टान्त राख्नु अाफूहरुकाे उदारता रहेकाे बताउँदै शर्माले क्रिश्चियन धर्मको प्रचारका उद्देश्यले यसाे नगरेकाे भन्दै अाफ्नाे बचाउ गरेका थिए ।

सो पछि काठमाडाैँलगायतका अन्य पुस्तक बिक्रेताहरुले समेत बाइबलका दृष्टान्त समावेश उक्त पानाहरु च्यातेर मात्र पुस्तक बिक्री गर्न थालेका छन् ।

सो पुस्तकको आधिकारिक बिक्रेता रहेको बताउने भोटाहिटीस्थित एमके बुक पब्लिकेशनका सञ्चालकसमेत स्वस्थानी व्रतकथाभित्र क्रिश्चियनका कुरा समावेश गरेको घटानले आफै आश्चर्यमा परेको बताउँछन् ।

यसरी षड्‍यन्त्रपूर्ण हिन्दू धर्मकाे सबैभन्दा बढी पढिनेमध्येकाे स्वस्थानी किताबभित्र हिन्दू धर्मकै अपमान हुने किसिमले जिसस क्राइष्टलाई महान् देखिनेगरी साे दृष्टान्त राखिनु गम्भीर अपराध रहेकाे धार्मिक अगुवाहरुकाे भनाइ छ । यो कुरा बाहिर आएपछि अहिले धेरै पुस्तक बिक्रेताहरु तथा स्वस्थानीप्रति आस्थावान भक्तजनहरुले यसरी मौलिक स्वस्थानीकथालाई विकृत तुल्याउने र क्रिश्चियन धर्मप्रचारलाई बल दिने खालका कुरा समावेश गर्ने लेखक/प्रकाशकलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...