देशभरको मौसममा बदली, पश्चिममा पानी पर्ने सम्भावना
देशभरको मौसममा बदली, पश्चिममा पानी पर्ने सम्भावना
काठमाण्डु, ७ माघ – पश्चिमी वायुको प्रभावले सोमबार पश्चिमी भूभागसहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूर र मध्य पश्चिममा दिउँसो आंशिक बदली हुने र छिटफुट पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।
पश्चिमी वायुको प्रभाव मध्य क्षेत्र हुँदै भोलिसम्ममा काठमाण्डु आइपुग्ने उनले बताए । त्यसैगरी हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।
सोमबार सामान्यता पूर्वी नेपालमा मौसम सफा रहनेछ ।
काठमाण्डुको सोमबार बिहानको न्युनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

