जहाजमै पाइलटबीच कुटाकुट, चार घण्टासम्म यात्रु अलपत्र



हाम्रो इकोनोमि

 

भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ ।

जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कु टाकुट भएको हो ।

पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए ।

यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए ।

पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे।त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई-५२३ का पाइलटलाई बोलाएर यस जहाजलाई साढे चार घण्टापछि साँझ ६.४९ बजे बैंगलोर पठाए ।

इन्डिगो एयर ला इन्सको विमान लाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४.३५ बजे बैंगलोर जानुपर्ने थियो ।

शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए । धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए ।

एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए ।

त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए । एयरपोर्ट सूत्रले भने पाइलटबीच झगडा नभएको दाबी गरेको छ ।

पाइलटको ड्यूटी पूरी भएकाले उनीहरुले जहाज उडाउन नमानेको दाबी एयरपोर्ट प्रशासनले गरेको छ ।

यात्रुका अनुसार पाइलट कुटाकुट गर्न थालेपछि इन्डिगो एयरको हेल्पलाइनमा फोन गर्दा कर्मचारीले कुरा सुन्दै नसुनी फोन होल्डमा राखिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...