जहाजमै पाइलटबीच कुटाकुट, चार घण्टासम्म यात्रु अलपत्र



हाम्रो इकोनोमि

 

भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ ।

जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कु टाकुट भएको हो ।

पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए ।

यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए ।

पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे।त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई-५२३ का पाइलटलाई बोलाएर यस जहाजलाई साढे चार घण्टापछि साँझ ६.४९ बजे बैंगलोर पठाए ।

इन्डिगो एयर ला इन्सको विमान लाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४.३५ बजे बैंगलोर जानुपर्ने थियो ।

शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए । धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए ।

एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए ।

त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए । एयरपोर्ट सूत्रले भने पाइलटबीच झगडा नभएको दाबी गरेको छ ।

पाइलटको ड्यूटी पूरी भएकाले उनीहरुले जहाज उडाउन नमानेको दाबी एयरपोर्ट प्रशासनले गरेको छ ।

यात्रुका अनुसार पाइलट कुटाकुट गर्न थालेपछि इन्डिगो एयरको हेल्पलाइनमा फोन गर्दा कर्मचारीले कुरा सुन्दै नसुनी फोन होल्डमा राखिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...