रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना १ को मृत्यु १५ बढि घाइते



हाम्रो इकोनोमि

 

रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना १ को मृत्यु १५ बढि घाइते ।

ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा ४ ख ४२१० नम्बर अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको हो । घाइतेको उद्धार कार्य जारी छ । विस्तृत विवरण आउँन बाँकी छ

 

अत्तरीयामा ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

अत्तरियामा युवाहरुबीच शनिबार बेलुकी भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

गोदावरी नगरपालिका-१, का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले युवाबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको र तीनजना घाइते भएको पुष्टि गरे ।

स्थानीय सबिन कट्टेल, गणेश राइ र राजेश नेपाली घाइते भएका छन् । राइ र नेपालीको अत्तरियास्थित पदमा  अस्पतालमा र कट्टेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको अवस्थामा सामान्य रहेको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।

अत्तरिया जारी महोत्सव सकिएलगत्तै शनिबार बेलुकी महोत्सवस्थल बाहिर युवाहरुबीच झगडा भएको प्रहरीले जनाएको छ । ‘महोत्सवभित्र विवाद भएर बाहिर झगडा भएको देखिन्छ । तर, झगडाको कारण खुल्न सकेको छैन,’ प्रहरी उपरीक्षक तिमिल्सिनाले भने ।

मृतकका आफन्तले बन्द गराएको अत्तरीया बजार ।

ग्याङ फाइट’मा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उनले बताए । संलग्नहरु २०-२२ वर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।

महोत्सव स्थलमै ग्याङ फाइट भएर युवको मृत्यु भएको विरोधमा आइतबार आफन्तहरुले अत्तरिया बजार बन्द गराएका छन् भने अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवसमेत बन्द गराइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले अर्को आदेश नभएसम्मका लागि भन्दै आयोजकलाई महोत्सव बन्द गर्न निर्देशन दिएको बताए । उनले फेरि अर्को ठूलो घटना नहोस भनेर महोत्सव बन्द गरिएको जानकारी दिए

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...