स्वीस बैंकको यस्तो छ गोपनीयता, सरकारले कसैको पैसा र्फिता ल्याउन नसक्ने, सुचना दिनेलाई साढे २ लाख डलर जरिवाना,३ वर्ष जेल



 

 अन्तराष्ट्रिय मिडियाहरुमा झण्डै दुई वर्ष अघि चलेको स्वीस बैंकको चर्चा अहिले नेपालमा पनि चलेको छ । स्वीस बैंकमा कालो धन रहेको भनेर नेपालीको समेत नाम नेपाल लिक्समार्फत् सार्वजनिक भएपछि अहिले स्वीस बैंक निकै चर्चामा रहेको छ ।

 

स्विट्जरल्याण्डको राष्ट्रिय बैंक हो स्वीस नेसनल बैंक । देशको बैंक गोपनीयता कानून १९३४ अनुसारले बैंकमा रहेको खाताबारे कसैलाई पनि विवरण दिन बैंक बाध्य नहुले उल्लेख गरिएको छ । ऐन बन्ने समयमा जर्मनी सहित यूरोपका कैयौं देशमा भयंकर मुद्रास्फीति तथा आर्थिक मन्दीका कारण धनी मानिसहरुले आफ्नो सम्पत्ति तटस्थ देश स्वीट्जरल्याण्डमा जम्मा गर्न सुरु गरे ।

 

सन् १९३४मा यो कानून लागु भएसँगै स्वीस बैंकले पनि संघीय बैंक नियन्त्रण आयोगद्वारा गर्ने निगरानीलाई स्वीकार्न बाध्य भयो । १ जनवरी २००९ देखि यो निगरानी अधिकार ूसंघीय वित्तबजार निगरानी आयोगको हातमा गएको छ । स्वीट्जरल्याण्डको कानून अनुसार यही एउटा आयोगले स्वीस बैंकबाट विवरण माग गर्न सक्दछ । त्यसमा पनि आयोगले गोपनीयता राख्ने शर्तमा मात्रै त्यो सूचना पाउँछ ।

 

आयोगको अधिकार क्षेत्र भनेको बैंकले सरकारी नियम र कानून अनुसार काम गरिरहेको छ या छैन यत्ति हेर्ने अधिकार मात्रै दिईएको छ । विदेशी सरकारले प्रामाणिक रुपमा कुनै गुनासो आएपछि आयोगले नै कुनैपनि ग्राहकको बारेमा आधिकारिक जानकारी दिनसक्छ ।

 

बैंक गोपनीयता कानून जुनसुकै देशमा पनि हुनेछ । तर, स्वीट्जरल्याण्डको एउटा विशेष कानून यो छ कि जबसम्म स्वीट्जरल्याण्डमा समेत अपराध ठहर्ने काम गर्दैन तबसम्म अन्यदेशका जस्ता सुकै वित्तीय अपराधीलाई पनि प्रहरीदेखि लिएर कर राजस्व विभाग, राष्ट्रिय बैंक तथा न्यायालय समेतले पनि कुनैपनि बैंकका ग्राहकको विवरण माग्न नसक्ने कानूनी व्यवस्था छ ।

 

बैंक गोपनीयता कानूनको दफा ४७ का अनुसार स्विट्जरल्याण्डका जुनसुकै बैंकका जुनसुकै कर्मचारी, अधिकारी, बैंक तथा वित्तीय स‌ंस्थाहरु एजेन्ट र लेखा(परीक्षक सँगै स्वयं बैंक निगरानी आयोगका सदस्य र कर्मचारी समेत यो गोपनीयता राख्नको लागि बाध्य छन् ।

 

यस गोपनीयता उल्लंघन गर्नु यस्तो आधिकारिक अपराध हो कि यसको विरुद्ध कुनै मुद्दा नै नपरेको भएपनि प्रहरी र न्यायिक निकायले तुरुन्त यसको कारबाही अघि बढाउन बाध्य हुनेछन् । गोपनीयता कानून उल्लंघन गर्ने माथि साढे २ लाख अमेरिकी डलर बराबरको आर्थिक जरिवाना तथा तीन वर्षसम्म जेल सजाय हुनेछ । यो जरिवाना पछि पनि बैंकलाई त्यो सूचनाले जति क्षति पुर्‍ याएको छ त्यत्ति बराबरको भरपाई गराउने व्यवस्था समेत रहेको छ ।

 

बैंकले कसलाई दिनसक्छ जानकारी ?
बैंकले खातावाला व्यक्ति जीवित नरहेको खण्डमा उसले सबैभन्दा नजिकको हकदारको रुपमा उल्लेख गरेको व्यक्तिलाई मात्रै सम्पत्तिको बारेमा जानकारी दिईन्छ । यस्तो, पति या पत्नी जो सुकै होस् जो सँग अदालतबाट आफ्नो खाताको बारेमा जान्ने अधिकार छ भनेर जसले कागज ल्याउँदैन उसलाई सम्पत्तिको बारेमा विवरण दिन नसकिने त्यहाँको कानूनले नै उल्लेख गरेको छ ।

 

विदेशी लगानीकर्ताको हकमा यदि त्यहाँको कुनैपनि निक्षेपकर्ता ठूलो भ्रष्टाचारी, आतंकवादी, धोखाधडीअथवा कालेधन लुकाएको हो भनेर आएको निवेदनमा पनि स्वीस बैंकले त्यति सजिलै विवरण दिने गरेको छैन । पहिलो च स्वीस बैंकले स्वीट्जरल्याण्ड सरकारमार्फत् कूटनीतिक रुपमा आएका बाहेक अरु निवेदनको आधारमा निक्षेपकर्ताको विवरण नै दिँदैन ।

 

स्वीस सरकारले पनि आवश्यक ठहर गरी आवश्यक पत्राचार गरेपछि स्वीट्जरल्याण्डको सर्वाेच्च अदालतका पत्र पछि मात्रै बैंकले निक्षेपकर्ताको विवरण दिने गर्दछ । त्यसको लागि स्वीस अदालतले समेत निक्षेपकर्ताको यस अघिको भ्रष्टाचार, आतंकवाद जस्ता ठोस प्रमाणका साथ नै पेश हुनु पर्ने छ ।

 

कालो धनको विषयमा सन् १९९८ बाट एक नयाँ कानून जारी भएको छ । सो कानून अनुसार जो कोही माथि पनि बैंकले कालो धन ल्याएको आशंका लाग्छ । यस बारेमा उसले बैंक निगरानी आयोगलाई जानकारी दिन सक्नेछ । बाँकी छानविन सोही आयोगले गर्ने छ ।

 

कसरी जम्मा हुन्छ पैसा ?

माथि उल्लेख भएका कुरा किन स्वीस बैंक नै रोज्छन् भन्ने सवाल भयो । दोस्रो सवाल कसरी पुग्छ स्वीस बैंकमा नै पैसा ? १८ वर्ष उमेर कटेका विश्वका जुनसुकै देशका नागरिकहरुले पनि स्वीस बैंकमा खाता खोल्न सक्दछन् । तर, जम्मा गर्न लागेको पैसा गैरकानूनी हो वा त्यो कालो धन हो भन्ने बैंकलाई शंका लाग्यो भने बैंकले उनीहरुको आवेदन खारेज समेत गर्न सक्दछ ।

 

बिजनेस स्ट्याण्डर्डका अनुसार स्विट्जरल्याण्डमा करीब ४०० बैंकहरु छन् । जसमा यूबीएस तथा क्रेडिस सुइस ग्रुप सबैभन्दा ठूलो बैंक हो । यी बैंकको कूल कारोबार त्यहाँ रहेका बाँकी सबैं बैंकको कारोबारको योगको आधा भन्दा बढी छ । यी बैंकहरुमा एउटा नम्बर्ड एकाउन्ट नामक खाता हुन्छ । त्यो खाता सबैभन्दा गोप्य खाता हो । यो खातामा नाम अनुसार केही पनि जानकारी लिन सकिँदैन । यसमा नम्बरको आधारमा मात्रै सबै विवरणहरु हेर्न सकिन्छ ।

 

यो एकाउन्टमा खाता खोल्ने व्यक्तिहरुले क्रेडिट तथा डेविट कार्ड प्राय लिने गरेका छैनन् । यसको अलावा यदि दातावाला ले आफ्नो खाता बन्द गराउन चाह्यो भने पनि कुनै शुल्क र झण्झट विना नै खाता बन्द गराउन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी