ल आयो मात्र ४९ हजारमै किन्न मिल्ने यो हिरोको मोटरसाइकल, यस्ता छन् बिशेषता



हाम्रो इकोनोमि

 

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय बाइक एचएफ डिलक्सलाई नयाँ अवतारका साथ लन्च गरेको छ ।

कम्पनीले नयाँ एचएफ डिलक्समा आईबीएस (इन्टिग्रेटेड ब्रेकिङ सिष्टम) फिचरका साथ बजारमा भारतीय बजारमा उतारेको छ ।

नयाँ हिरो एचएफ डिलक्सको मूल्य ४९ हजार ६७ भारु राखिएको छ । पहिले भन्दा थप २ हजार भारुमा यसमा विभिन्न विशेषता पाउन सकिन्छ ।

नयाँ एचएफ डिलक्स कम्पनीको आईथ्रीएस (आइडल स्टार्ट स्टप सिष्टम) प्रविधिका साथ आएको छ ।

यो प्रविधिको सहयोगले बाइकको माइलेज बढ्नुका साथै प्रदूषण उत्सर्जनमा पनि कमी आउछ । यद्यपि बिना आईथ्रीएस प्रविधिको बाइक पनि उपलब्ध छ ।

आईबीएसका अलावा बाइकमा ठूलो ड्रम ब्रेक पनि दिइएको छ । यसका कारण ब्रेक लगाउदा बाइक कम दुरीमै रोकिन्छ ।

बाइकको इन्स्ट्रयुमेन्ट क्लस्टमा पनि केही परिवर्तन गरिएको छ । यसमा आईथ्रीएस प्रविधिका लागि क्लस्टरमा ब्लु लाइट, साइड स्ट्यान्ड वार्निङ लाइट र एक फ्युल गेज सामेल गरिएको छ । यो बाइक ग्रीनका साथै हेभी ग्रे कलरमा समेत उपलब्ध हुनेछ ।

हिरो एचएफ डिलक्समा ९७.२ सीसी, सिंगल सिलिन्डर इन्जिन छ, जसले ८.३६ बीएचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ४–स्पिड ट्रान्समिसन उपलब्ध छ । कम्पनीका अनुसार एचएफ डिलक्स आईथ्रीएसको माइलेज ८८.२४ किलोमिटर प्रतिलिटर छ ।

हिरोले सन् २०१९ लागे पछि अपडेट गरेको यो पहिलो बाइक हो । आगामी अप्रिल १ देखि लागू हुने सेफ्टी नर्म्सलाई ध्यानमा राखी कम्पनीले यसलाई आईबीएस प्रविधि राखेको हो । नयाँ नियम अनुसार १२५ सीसी भन्दा कम इन्जिन क्षमताको बाइकमा कम्बी ब्रेकिङ सिष्टम हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...