पर्खाल भत्किदाँ च्यापिएर २ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

काभ्रे–पाँचखाल नगरपालिका ७ स्थित श्रीराम पार्टी वीर हनुमान ईंट्टाभट्टामा बनाइएको पर्खाल भत्किदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नबिन बिकको अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका१ बस्ने ज्ञान परियारको ३ वर्षीया छोरी जेनिसा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी १० फिट अग्लो पर्खाल  भत्किँदा सो घटना भएको बताइएको छ ।

पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै पर्खालले च्यापिएर घाइते भएका ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका ३ बस्ने बाबु राम घर्तीको ३ वर्षीया छोरी झरना घर्ती समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...