पर्खाल भत्किदाँ च्यापिएर २ जनाको मृत्यु
काभ्रे–पाँचखाल नगरपालिका ७ स्थित श्रीराम पार्टी वीर हनुमान ईंट्टाभट्टामा बनाइएको पर्खाल भत्किदाँ २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नबिन बिकको अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका१ बस्ने ज्ञान परियारको ३ वर्षीया छोरी जेनिसा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी १० फिट अग्लो पर्खाल भत्किँदा सो घटना भएको बताइएको छ ।
पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै पर्खालले च्यापिएर घाइते भएका ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका ३ बस्ने बाबु राम घर्तीको ३ वर्षीया छोरी झरना घर्ती समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

