फेब्रुअरी २१ देखि २५ सम्म काठमाण्डूमा ‘निफ’ हुँदै



हाम्रो इकोनोमि

 

दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आयोजना हुने भएको छ ।

गत वर्ष पोखरामा आयोजना भएको पहिलो फेस्टिभलको सफलतापछि निफ २०१९ को आयोजना काठमान्डूमा गर्न लागिएको पर्यटन बोर्डको हलमा आयोजित पत्रकार सममेलनमा जानकारी गराइयो ।

फेस्टिभल फेब्रुअरी २१ देखि २५ तारिखसम्म चल्नेछ ।

वरिष्ठ फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ फिल्मकर्मी नीर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, केन्द्रिय चलचित्र जाच पास समिति सदस्य सुभाष गजुरेल , अभिनेता निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली फिल्मलाई अन्तराष्ट्रिय लेभलमा पुर्याउनको निमित पनि कार्यक्रम सार्थक हुनेमा जोड दिनु भयो ।

’हाम्रो जुरी कमिटीमा नेपालसँगै विदेशी फिल्मकर्मी पनि हुनुहुन्छ , त्यहा हाम्रो फिल्मलाई उहाले हेर्नु हुन्छ हाम्रो फिल्म कस्तो बनेको छ भन्ने संदेश पनि जान्छ’ आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्थानका अध्यक्ष समेत

रहेका केपीले महोत्सव आउदो फेब्रुअरी २१ देखि २५ सम्म काठमाण्डूमा हुने बताए । यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्महरु प्रदर्शनका लागि अन्तिम् छनौटमा परेका छन् ।

ती मध्ये नेपालका १६ फिल्महरु समावेश छन् । महोत्सवमा समावेश विदेशी फिल्महरु मध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु छन् ।

यस्तै गरी नेपाली फिल्महरुमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्रा्ष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरु प्नि(महोत्सवमा समावेश गरिएको छ ।

सोही महोत्सवमा नयाँ फिल्मर्मिहरुकालागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्न लागेको कुराको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...