‘मलाई हृदयघात भएको छैन, म ठिक छु’ : ऋचा शर्मा



हाम्रो इकोनोमि

 

बिहिबार साँझ नायिका ऋचा शर्मालाई हृदयघात भएको खबर एकाएक अनलाइन मिडियामा फैलियो ।

समाचारकै आधारमा उनका शुभचिन्तकले सामाजिक सञ्जालमा शिघ्र स्वास्थ्य लाभको कामना गरे, गरिरहेका छन् ।

नायिका शर्माले भने मिडियामा आएजस्तो आफुलाई हृदयघात नभएका बताएकी छन् ।

नायिका ऋचा शर्मालाई हार्ट अट्याक भन्ने खबर भाइरल भएपछि उनी आफैले फेसबुकमा स्टाटस लेखेर आफ्नो स्वास्थ्य बारे बिहिबार साँझ नै जानकारी गराएकी हुन् ।

‘मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद’, नर्भिक अस्पतालको शैयामा रहेकी ऋचाले लेखेकी छन्, ‘मलाई हृदयघात भएको होइन् ।

छातीमा मात्रै सामान्य पिडा भएको हो ।

सबै रिपोर्ट आइसकेको छ ।

स्वास्थ्य अवस्था सामान्य छ ।’

उनी आज डिस्चार्ज हुँदैछिन् ।

ऋचालाई शिघ्र स्वाथ्य लाभको कामना !

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...