अन्डरवर्ल्ड डनकी गर्लफ्रेण्ड मोनिका, जसले अक्सफोर्डको अध्ययन सकिन (तस्विरहरु)



हाम्रो इकोनोमि

 

 

मोन‍िका बेदी बलिउडकी सुपरस्टार अभिनेत्री हुन् । दर्जनौ कहानीमा उनले अभिनय गरेकी छिन् । तर उनको आफ्नै जिन्दगी भने कुनै धमाकेदार फिल्मको कहानीभन्दा कमजोर छैन ।

१८ जनवरी १०७५ मा पंजाबको होश‍ियारपुरमा जन्मिएकी मोन‍िका केही समयदेखि फिल्म दुनियाँबाट बाहिर छिन् ।

अन्डरवर्ल्ड डन अबू सलेमकी गर्लफ्रेण्डका रुपमा भने उनी अहिले पनि चर्तित छन् । उनको जिन्दगीको कहानी डनको प्रेमिकामा मात्र सिमित छैन ।

उनका पिता पेसाले डाक्टर थिए । अन्डरवर्ल्डसँग सम्बन्ध भएका कारण परिवार र समाजमा निकै तनाव भएपछि आमा र बाबु नर्वेमा बस्न थाले ।

त्यसपछि मोनिका लगतै अक्सफोर्ड यूनिभर्सिटिमा साहित्य पढ्न गएकी थिइन ।

अक्सफोर्डमा पढ्न गएपछि उनले मुम्बईलाई केही समयका लागि छोडेकी थिइन । तेलुगु फिल्म ताजमहलबाट आफ्नो क्यारियर सुरु गरेकी मोनिका फिल्म क्षेत्रमा मात्र अडिन सकिनन् ।

फिल्म क्षेत्रमा क्यारियर खोजिरहेका बेला उनको दोस्ती अन्डरवर्ल्ड डन अबू सलेमसँग भएको थियो । दोस्ती विस्तारै प्रेममा परिणत भएको थियो । डन अबूकै कारण उलने कतिपय बलिउडका फिल्ममा काम गर्ने मौका पनि पाएकी थिइन । अपराध दुनियाँसँग साइनो रहेको भन्दै उनी सधै निगरानीमा परिरहेकी छिन् ।

सन् २००२ मा उनी ब्वायप्रेण्ड अबूसँगै गिरफ्तार भएकी थिइन । त्यसपछि उनी साहित्य पढ्न अक्सफोर्ड पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । डन अबूसँगको भेटका बारेमा उनले सन् २०१४ को एक अन्र्तवार्तामा दिएकी थिइन । -अबूसँग मेरो फोनमा पहिलो पटक सम्पर्क भएको थियो । त्यसबेला म दुवईमा थिएँ । उनले फोनमा बिजनेश मेनका रुपमा परिचय दिएका थिए,-मोनिकाले अन्तर्वातामा भनेकी छिन् । अबूको आवाजमै मैले प्रेम गर्न थालेकी थिएँ । ९ महिनासम्म फोनमा कुरा गरेपछि अबूलाई भेट्न दुवई गएको बताएकी थिइन । त्यहँ पुगेपछि अबूले आफ्नो असली नाम बताएक थिए । त्यस बेलासम्म आफुलाई अबू को हो भन्ने थाहा नभएको बताएकी थिइन ।

मोन‍िकाले अबूकै कारण जेलको जीवन पनि विताएकी थिइन । जेलबाट छुटेपछि उनी गुमनाम जिन्दगी बिताइरहेकी थिइन । त्यही बेला उनी बिग बोसमा नजर आएकी थिइन । त्यहाँ उनले एकदम विनम्र स्वभावसहित फरक शैलीमा देखा परेकी थिइन । जसले फेरी उनलाई उचाइमा उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...