जंगलमा युवतीको कपडा लगाएको अवस्थामा युवकको लाश भेटिएपछि हंगामा



हाम्रो इकोनोमि

 

जंगलमा युवतीको कपडा लगाएको अवस्थामा भेटिएको लाश पुरुषको पाइएपछि अनुसन्धानमा प्रहरीलाई तनाव भएको छ ।

ती युवकको पहिचान खुल्न नसक्दा उनले किन महिलाको कपडा लगाएका थिए ? भन्ने प्रश्न निकै जटिल बनेको छ ।

छत्तीसगढको रामानसजपुर जिल्लाको एक जंगलमा भेटिएका युवकको शवमा टाउकोमा चोट लागेको छ । बुधबार बेलुका भेटिएको शव बिहीबार पोस्टमार्टमका लागि पठाइएको छ ।

सुरुमा शव देख्नेहरुले युवतीको शव भएको ठानेका थिए ।

प्रहरीमा पनि युवतीकै शव भेटिएको सूचना पुगेको थियो । सूचना पाएपछि पुलिस टिम घटनास्थल पुगेको थियो ।

घटनास्थलमा हत्याको कुनै सुराग नपाइएको प्रहरीले जनाएको छ । युवकको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको चोटको निशान छ ।

प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ ।

टुकी बत्तीबाट बेडमा आगो सल्किएपछि जलेर महिलाको मृत्यु

इलाममा बिहिबार जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देकी ५४ वर्षीया बिष्णुमाया राई रहेकी छन् ।आगोमा जलेर घाइते भएकी राईलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको थियो। उपचारकै क्रममा राईको मृत्यु भएको बताइएको छ ।

टुकी बत्तीबाट बेडमा आगो सल्किएपछि सुतिरहेको बिष्णुमाया घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यलय इलामका अनुसार कोठामा बालिराखिएको टुकी बत्तीबाट आगो सल्किएको थियो।

जाडो महिनामा कोठा न्यानो बनाउन प्रयोग हुने ग्यास हिटर । केही समयअगाडी यही हिटरमा जलेर काठमाडौंको कलंकी एक इन्जिनियर दम्पतीले ज्यान गुमाएका थिए । सो बारेमा विस्तृत समाचार हेर्नुहोस
जाडोयाममा आगलागीका घट्ना बढिरहेका छन् । कहिले हिटरबाट त कहिले गिजरबाट मानिसहरुले ज्यान गुमाएका घटना दिनदिनै सार्वजनिक भैरहेका छन् । सम्पूर्ण पाठकहरुलाइ जाडोमा ग्यास हिजर, इलेक्ट्रिक हिटर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्दछौं ।

यस सम्वन्धी हामीले जानकारीमूलक सामाग्री केही समय अगाडी प्रकाशित गरेका थियो ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...