पर्बत बस दुर्घटना अपडेट एकै घरका श्रीमान श्रीमतीको मृत्यु



हाम्रो इकोनोमि

 

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वतजिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ ।

सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

अन्य आठ जना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बेनीबाट नारायणगढतर्फ यात्रु लिएर हिँडेको ग १ ख ६१०८ नंको बस आज बिहान ८.१५ बजे सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खसेको थियो ।

बसको बे्रकफेल र तीव्रगतिको कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...