बीच सडकमा दाजुले गरे बहिनी माथि चक्कु प्रहार हेर्नेहरुले भिडियो बनाए तर मद्दत गरेनन्



 

सडकमा चक्कु प्रहारले घाइते युवतीले मद्दत मागिरहिन् तर हेर्नेहरुले कुनै मद्दत गरेनन् बरु मोवाइल निकालेर भिडियो बनाए ।

भारतको महाराष्ट्रमा मानवता नै लज्जित हुने यस्तो दुःखद् घटना सार्वजनिक भएको हो ।

यहाँ एक दाजुले आफ्नाी बहिनी र उनका प्रेमीको चक्कुले प्रहार गरी हत्या गर्दा हेर्ने मानिसहरुले रमाइलो मान्दै भिडियो बनाएका छन् ।

तमाशा हेर्ने ठूलो भीड जम्मा हुँदा पनि कसैलाई ती दुईलाई बचाउने कुनै प्रयास गरेनन् ।महाराष्ट्रको नांदेड जिल्लामा यस्तो घटना भएको हो ।

त्यहाँको थेरबन गाउँकी पूजा असानेको डेढ महिना पहिले जेठिबा वर्षावार नामका युवकसँग बिहे भएको थियो ।

बिहेअघि उनको गोविन्द नामका युवकसँग प्रेम थियो । बिहेपछि पनि पूजा निरन्तर गोविन्दसँग भेट्ने गर्थिन् ।

केही दिन पहिले उनीहरु भागेर तेलंगना गएका थिए ।घाइते पूजाले मद्दतको लागि निकै गुहार मागिन् तर कोही मद्दतको लागि अगाडि आएनन् ।

केही बेर तड्पिएपछि पूजाको सडकमै ज्यान गयो । दुवैको हत्या गरेपछि दिगंबरले प्रहरीमा गएर आत्मसमर्पण गरेका छन् ।

भिडियो हेर्नुहोस्

‘ह्वाट डु यु मिन ?’ भन्दा ‘यो अमेरिका हो ?’ भन्दै प्रहरीले लात्ती बजार्यो, पेटमा ५२ टाँका

 

प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका बाग्लुङको गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन)भएको छ ।

प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो ।

पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले बताए ।

‘उहाँको पेटमा दुई लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।’

अप्रेसनपछि बस्नेतले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए । उपचारका लागि बस्नेतकी श्रीमती कृष्णकुमारीसहित आफन्त पोखरामा छन् ।

बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ टाँका लगाइएको परिवार स्रोतले जानकारी दियो । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।

के हो घटना ?

सोमबहादुर बस्नेत, कृष्णबहादुर खत्री र बिक्की गैरे २९ पुसमा गलकोट नगरपालिकाको–६ बाट ३ नम्बर वडातर्फ झोलुङे पुल हुँदै जाँदै थिए ।

हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग उनीहरुको बाटोमै जम्काभेट भयो ।

बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गरेर बोलाए । कृष्णबहादुर खत्रीका अनुसार आफूहरु तीनजनाले मदिरा सेवन गरेको भए पनि प्रहरीलाई नराम्रो नबोलेको बताउँछन् ।

‘हाम्रो साथी बिक्कीसँग प्रहरीको चिनचान रहेछ’, उनले भने, ‘प्रहरीले अपशब्द प्रयोग गरेर बोलायो, सोमले ह्वाट् डु यु मिन भनेपछि अंग्रेजीमा कुरा गर्छस्, ठूलो बन्छस् । यो अमेरिका हो भन्दै कुटे ।’

बिक्कीको प्रहरीसँग चिनेजानेको भएकाले उसलाई केही नगरेको खत्रीले बताए । आफूलाई र सोमलाई बुट र लाठी बजारेको उनको भनाई छ ।

‘मैले अलिअलि पन्च ब्लक गरे, सोमको पहिले पनि हात अप्रेसन गरेको थियो, उ अलि कमजोर नै हो । उसले छेक्न सकेन । सोममाथि प्रहरी जाइलागे’, उनले थपे ।

युनिफर्मसहित ड्युटीमा खटिएका प्रहरीले बिना कारण रिस पोखेको उनले सुनाए । प्रहरी एकाएक आवेशमा आएर कुटपिट ग¥यो । ‘हाम्रो गल्ती भए चौकीमा लैजानुस भन्दाभन्दै सोमलाई घाइते हुनेगरी कुटे दुःख लागेको छ ।’

राष्ट्रसेवक प्रहरी आफ्नो दायित्व बिर्सेर जनतामाथि अन्याय गरेको गलकोट नगरपालिका–६ की सदस्य मनकुमारी पाण्डेले आरोप लगाइन् ।

वडाले घटनामा संलग्न प्रहरी माथि कारवाहीको माग गरेको उनले जानकारी दिइन ।

कुटपिटमा संलग्न भएको आरोप लागेका प्रहरी जवानद्वय विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा थप अनुसन्धानका लागि तानिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा एसपी बिनोद रेग्मीले जानकारी दिए ।

‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएको छ’, एसपी रेग्मीले भने, ‘पुरानै रिसिइबी हो कि आवेशमा आएर तत्कालै प्रतिक्रिया जनाउँदा त्यस्तो घटना भएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

मदिरा सेवन गरेर आएका व्यक्तिसँग सामान्य भनाभनमै प्रहरीले अनुचित बल प्रयोग गरेको भन्ने पुष्टि भएमा विभागिय कारवाहीका लागि प्रहरी जवानद्वयलाई जिल्ला तानिने एसपी रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
भीम रावल एमालेबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई

अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति