कैदी बोकेको प्रहरीको सवारीलाई फिल्मी शैलीमा दुर्घटना



हाम्रो इकोनोमि

 

झापाको मेचीनगर नगरपालिका–१४ स्थित दुवागढीमा थुनुवा बोकेर जिल्ला अदालत जाँदै गरेको प्रहरीको गाडीलाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।

दिउँसो साढे एक बजेतिर ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट जिल्ला अदालत झापाको लागि प्रहरी नायब निरीक्षक रेवत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थुनुवा बोकेर अदालततर्फ जाँदै गर्दा मे १ त २४५१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

ट्याक्टरको ठक्करबाट उक्त गाडीमा सवार ईलाका प्रहरी कार्यालय दमक दरबन्दीका प्रहरी नायब निरीक्षक रेवत अधिकारी, ईलाका प्रहरी कार्यालय घैलाडुब्बा दरबन्दीका प्रहरी हवल्दार श्याम नारायण यादव, कारागार सुरक्षा गार्ड ताप्लेजुङ्ग दरबन्दीका प्रहरी जवान बल बहादुर भुजेल, मानव बेचबिखन मुद्दाका थुनुवा जिल्ला संखुवासभा स्याबुङ गाउँपालिका–४ नागी बस्ने ३३ वर्षीय तर्बु शेर्पा लगायत लागू औषध मुद्दाका थुनुवा २२ वर्षीय मनिष आचार्य घाइते भएका छन् ।

घाइते सबैको ओमसाई पाथिभरा मेडिकल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...