आइफोन मोह : एक युवकले आइफोन किन्नको लागि आफ्नो किड्नी नै बेचे
पछिल्लो युवा पुस्तामा लेटेस्ट मोबाइल फोनको मोह बढ्दै गएको पाईन्छ ।
आफुले चाहेको जस्तो फोन बोक्न नपाए पछि चिनियाँ एक युवकले किड्नी बेचेका छन् ।
युवकले एप्पलको लेटेस्ट फोन खरिद गर्नका लागि किड्नी बेचेपछि ओछ्यानमै सिमित भएका छन् ।
१७ वर्षीय वाङ सांगकुनले गैरकानूनी रूपमा सर्जरी गराएको छोटो समयपछि नै उनको अर्को मृगौलाले अहिले काम गर्न छोडेपछि उनी ओछ्यानान सिमित हुनु परेको हो ।
गरिब परिवारका उनले आइफोन किन्नको लागि किड्नी बेचेका थिए ।
सर्जरी गराएको आठ वर्षपछि अहिले उनको अर्को किड्नीले काम गर्न छोडेको हो, जसकारण उनी बिरामीभएर २५ वर्षको उमेरमै ओछ्यान छोड्न नसक्ने अवस्थामा पुगेका छन् ।
सांगकुनले कालो धन्दा गर्दै अप्रिल २०११ मा ४५०० अमिरिकी डलरमा किड्नी बेचेका थिए ।
त्यस रकमबाट उनले आइफोन ४ र आइप्याड २ खरिद गरेका थिए ।
उनले अभिभावकको अनुमतिबिना नै गैरकानूनी रूपमा सर्जरी गराएको खुलेको छ ।
उनको परिवार चीनको गरिब प्रदेशमा बस्छन् जसकारण उनले आइफोन खरिदको लागि कालो धन्दा अपनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

