कृष्ण वलिको हातखुट्टा जोडिने पक्का भयो । शिशिरले फेरी दिए- १० लाख सहयोग भिडियो



हाम्रो इकोनोमि

 

रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे । धेरै सपना साँचेका कृष्णले सानैमा ठूलै भारी बोके जिम्मेवारीका ।

 

ऋण सापट गरेर इलेक्ट्रिक सबइञ्जिनियर पढे । वर्ष दिनअघि काभ्रेकी रुपासँग लगनगाँठो कसे । जेठ २४ गते पहिलो वैवाहिक वर्षगाँठ मनाए । आफ्ना साथीभाइ र परिवारका केही सदस्यलाई पनि बोलाए । त्यतिबेला जीवनसाथी रुपालाई कृष्णले काठमाडौं पठाएका थिए, स्टाफ नर्स पढाउन ।

 

आफूले कष्ट गरेर, हड्डी घोटेर पनि रुपालाई स्टाफ नर्स पढाउने धोको थियो कृष्णको । केही वर्ष सानोभेरी गाउँपालिका–९, रुकुम पश्चिमको सिम्ली बजारमा दुवै जना मिलेर होटेल पनि चलाए । रुपाको स्टाफ नर्समा नाम निस्केको थियो, वैशाख पहिलो साताबाट आफूले तुलसीपुर दाङको विद्युत कार्यालयमा साइट सुपरभाइजरको काम पनि सुरु गरे । यति लोभलाग्दो दैनिकी र आशालाग्दो भविष्य सबैसामु देखाएका थिए उनीहरुले ।

 

भोलि के हुन्छ कस्लाई पो थाहा छ र ? अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो । तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा र कृष्णको जिन्दगीमा बज्रपात भयो ।

 

त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बखरिया भन्ने ठाउँमा ग्राहकहरुलाई विद्युतको लाइन प्रवाह गर्न कृष्ण पोलमा चढेका थिए । करिब–करिब तार जोड्ने काम सकिएको थिए । एक्कासि आएको ११ हजार भोल्टेजको करेन्टले उनी बेहोस हुँदै जमिनमा पछारिए । विद्युतको झड्काले पछारिएनन् मात्र, करेन्टले मृत्युको मुखमा लगेर छोड्यो ।

 

साँझको बेला, विद्युतको लाइन काटेर नै उनी पोलमा चढेका थिए । तर, अर्कैको गल्तीको सिकार भए कृष्ण । नजिकैको मिलवाला साहुले लाइन अन गरिदिएछन्, कृष्णलाई करेन्ट लाग्यो र जमिनमा बजारिए । साथमा सहयोगीहरु पनि थिए । तत्कालै एम्बुलेन्स बोलाएर कोहलपुर मेडिकल कलेज लगियो । उपचार सम्भव भएन, नेपालगञ्ज पुर्‍याइयो । त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको लखनउ लगियो ।

 

त्यतिञ्जेल कृष्णको स्वास त फिर्ता भयो तर शरीर सग्लो नहुने देखियो । १८ दिनको लखनउमा ट्रमा सेन्टरको उपचारले कृष्णको अवस्थामा सुधार आएन । काठमाडौंबाट बेहोसीमै लखनउ पुगेकी उनकी जीवनसंगिनी रुपाले काठमाडौं ल्याइन् ।

कहिले ग्राण्डी त कहिले कीर्तिपुर अस्पतालमा लगिन् । लामो उपचारपछि निको त भए, तर उनका दुवै हात र एउटा खुट्टा काट्नुपर्ने भयो । रुपा जसोतसो सम्हालिने प्रयास गरिन्, कृष्णलाई अजम्बरी साथ दिनलाई गरेको वाचा निभाउँदैछिन्, रुपाको साथले कृष्ण आफ्नो स्वास चलिरहेको बताउँछन् ।

 

अहिले उनीहरु काठमाडौंको कुलेश्वरमा छन् । कृष्णको दुवै हात छैनन्, देब्रे खुट्टा छैन । देबे्र खुट्टालाई तीन पटकसम्म काटियो । रुपाले हारेकी छैैनन्, नेपाली दाजुभाइ दिदी बहिनी आफ्नै हुन् र अप्ठ्यारो मद्धत गर्छन् भन्ने विश्वास बोकेकी छिन् ।

 

अहिलेसम्म उपचार गर्दा करिब ५० लाख सकियो । रुपा भन्छिन्, ‘अब ५० लाख भए हात खुट्टा जोड्न मिल्ने थियो ।’ ग्रान्डी इन्टरनेशनल हस्पिटलका डाक्टरले हात खुट्टा जोड्न मिल्छ भने तर उनलाई थप ५० लाख जुटाउन मुश्किल छ ।

 

रुपाले जग्गा बेचेर, ऋण काढेर अहिलेसम्मको खर्च जोहो गरिन् । रुपाका अनुसार अझै ५० लाख तिर्न बाँकी छ । कृष्णका दाइ सुशीलले घरको जायजेथा बेचेर भाइको हालसम्मको खर्च जुटाउन सक्रिय रहे । अब परिवारले सम्पूर्ण नेपाली मनहरुलाई हात फैलाएर सहयोगको याचना गरेको छ । सबैको सहयोग पाए कृष्णको शरीरमा इलेक्ट्रोनिक हातखुट्टा जोड्न सम्भव छ ।

सानैमा बुवाआमाको मायाबाट अलग रहेका, सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको जोवन अहिले बेडमा सुस्ताएको छ । उनलाई हात र खुट्टा जोड्न सबैले सहयोग गर्न जरुरी छ कि भगवान भनेको मानवीय मनहरु नै हो ।

देश विदेशमा हुने मनकारी दाजुभाइ दिदीबहिनीहरुलाई कृष्णको हातखुट्टा जोड्नको लागि जतिसक्दो आर्थिक सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् ।

सहयोगका लागि कृष्ण वलि खाता नं ०७७०५०३१६५२०५००१सनराईज बैंक Mobile Number-9803745708(Krishna Oli)

तपाईँ हाम्रो सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ । सके सहयोग नसके कृपया सेयर गरेर सहयोगी मन सम्म पुग्न सामाजिक संजालमा सेयर गरेर सहयोग गरौ’

अब आफ्नै खुट्टाले हिड्ने भए, कृष्ण वलि । शिशिरले दिए ४ लाख सहयोग । सहयोग दिदै महान नारी रुपा मगरको खुट्टै ढोगे । अन्त्यन्तै मर्मस्पर्शी भिडियो

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...