बस सडकबाट १०० मिटर तल खस्दा दुर्घटना, ४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

विहीवार विहान पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

बस सडकबाट १०० मिटर तल खसेको कार्यालयका निमित्त प्रमुख रामकृष्ण गौलीले जानकारी दिएका छन् ।

‘४ जनाको मृत्यु भइसकेको छ’, उनले भने, ‘घाइतेलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ।’

मृतकको सनाखत हुन सकेको छैन। बसमा कति सवार थिए र कति घाइते भन्ने विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।

कुनै नयाँ काम गर्नुअघि मनन गर्नुस् यी कुरा, सफलता पाउनुहुनेछ

 

कुनै पनि नयाँ काम शुरु गर्नुअघि हामी प्रायः दुविधामा फँस्छौं – यस कामले सफलता देला कि नदेला ? आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन ।

चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् ।

तीन सोच

कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ : १. काम शुरु गर्ने समय र स्थान, २. तपाईंको सम्पत्ति ३. समर्थन गर्ने मानिसहरू ।

क्षमताको लेखाजोखा

काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।

जिभ्रोमा नियन्त्रण

सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

दुश्मनलाई साथी बनाउने

मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।

शरीरको हेरचाह

भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ प्रोजेक्ट शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् ।

ज्योतिषीसँग परामर्श

काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

पत्नीसँग सल्लाह

विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

रहस्य लुकाउनुस्

काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।

अशिष्ट पनि बन्नुपर्छ

जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...