निर्मम हत्या गरेर भागेको अपराधी लाई गोलि हानेर पक्राउ



हाम्रो इकोनोमि

 

बर्दियामा प्रहरीले हत्या आरोपीलाई पक्राउ गर्दा गोली चलाएको छ । हत्या आरोपी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ ।

बाँकेको कोहलपुरमा एक युवालाई घाँटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले बर्दियावाट एक जनालाई पक्राउ गरेको हो ।

बाँके राप्ती सोनारी गाउँपालिका शससेरगञ्जका युवारज गिरीलाई प्रहरीले बर्दियावाट पक्राउ गरेको छ ।

पक्राउ गर्न गएको प्रहरीलाई नै प्रहार गर्दै भाग्न खोजेका गिरीलाई प्रहरीले खुट्टामा गोली हानेको छ ।

सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो । उनको कोहलपुरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

प्रहरीमा भर्ना हुन भन्दै सुर्खेतवाट आएका ठकुरीको कोहलपुरमा शव फेला परेको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नं।

११ स्थित नयाँ बसपार्क नजिकै उनको शव विभत्स अवस्थामा फेला परेको थियो ।

अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका ३ वाट गिरीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...