१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४७ बर्षिय थापा पक्राउ



हाम्रो इकोनोमि

 

१२ वर्षीया बालिका बलात्कारका ओरोपितलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।

घर नजिकैको भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन्।

मुख छोपेर चिच्याइ कराइ गरे वा कसैलाई भने मार्ने धम्की दिएर बलात्कार गरेको बालिकाले बताइन्।

बालिकाको मंगलबार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी प्रमुख डिएस्पी उद्धवसिंह भाटले जानकारी दिए।

बालिका अहिले जिल्ला सदरमुकाममा रहेको सेभहाउसको जिम्मामा छिन्।

पीडक दलबहादुर थापाले जबरजस्ती करणी नभएर सहमतिमा यौन सम्पर्क भएको बताएका छन्।

थप अनुसन्धान गरी पीडकलाई कानून अनुसारको कारबाही गरिने प्रहरी प्रमुख डिएस्पी भाटले बताए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...