१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४७ बर्षिय थापा पक्राउ



हाम्रो इकोनोमि

 

१२ वर्षीया बालिका बलात्कारका ओरोपितलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।

घर नजिकैको भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन्।

मुख छोपेर चिच्याइ कराइ गरे वा कसैलाई भने मार्ने धम्की दिएर बलात्कार गरेको बालिकाले बताइन्।

बालिकाको मंगलबार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी प्रमुख डिएस्पी उद्धवसिंह भाटले जानकारी दिए।

बालिका अहिले जिल्ला सदरमुकाममा रहेको सेभहाउसको जिम्मामा छिन्।

पीडक दलबहादुर थापाले जबरजस्ती करणी नभएर सहमतिमा यौन सम्पर्क भएको बताएका छन्।

थप अनुसन्धान गरी पीडकलाई कानून अनुसारको कारबाही गरिने प्रहरी प्रमुख डिएस्पी भाटले बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...