कुटपिटबाट सोमबहादुर बस्नेतको पिसावनली नै फुट्यो



हाम्रो इकोनोमि

 

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन ्।

घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ ।

पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उहाँको उपचार भइरहेको बस्नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिनुसभयो ।

बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उहाँको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।

स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

गत सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि कुटपिटमा परिणत भएको थियो ।

बस्नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन् । प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ । गैरेलाई भने केही नगरेको बताइएको छ ।

जनताको सुरक्षामा खटिएका प्रहरीबाटै निर्घात कुटपिटको घटना गम्भीर विषय भएकाले घटनामा सम्लग्नलाई तत्काल कारबाही गर्नुपर्ने घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले बताउनुभयो ।

‘जो रक्षक उही भक्षक भने जस्तो भयो, हो उहाँहरूले मदिरा पिएकाले केही गल्ती कमजोरी भएको होला,’ उहाले भन्नुभयो, ‘त्यसको समाधान र सजाय पिटेर होइन, सम्झाइबुझाइ गरेर पठाउने या नियम अनुसार चौकीमा लैजान सकिन्थ्यो ।’ कुटपिटमा संलग्न आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरीक्षक केशवसिहं थापाले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...