चीनले चन्द्रमामा पठाएको कपासको बीउ टुसायो



हाम्रो इकोनोमि

 

चीनको अन्तरिक्ष अभियान चांग’अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ।

चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।

मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ।

यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।

चीनको चांग’अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो।

उक्त यान गत ३ जेनुअरीका दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो। तर चन्द्रमामा नियन्त्रित वातावरणमा बिरुवा उमारिएको भने यो पहिलो पटक हो।

चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, ‌साढे दुई वर्ष समय लाग्ने मङ्गल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्त्वपूर्ण हुनसक्छ।

यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो।

त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा प्राप्त गर्न बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन।

चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष वाहनले आफ्नो साथमा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लगायतका वस्तु लिएर गएको थियो।

त्यसरी उम्रिएको बिरुवा सो चन्द्र वाहनमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको छ।

अब उक्त बिरुवाले त्यस्तो भाँडाभित्र एक सूक्ष्म जैविक मण्डलको सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा त्यो आफै हुर्कनेछ।

१८ सेन्टिमिटर अग्लो र ३ केजी तौल भएको त्यस्तो कृत्रिम जैविक मण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए।

उक्त प्रयोगात्मक भाँडामा सूक्ष्म जीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ।

तर वैज्ञानिकहरूका अनुसार माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म उतारचढाव भइरहने चन्द्र सतहको तापक्रममा बिरुवा हुर्कनलाई उपयुक्त हुने तापक्रम कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती हो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...