माघे सङ्क्रान्ति सकेसम्म गर्नुहोस यी ५ कार्य, लाभै लाभ मिल्नेछ



हाम्रो इकोनोमि

 

नेपालीहरुले मान्दै आएका चाड मध्ये एक माघे (मकर) सङ्क्रान्ति (माघ १ गते) पनि एक हो ।

माघी पर्वका अवसरमा मानिसहरुले विभिन्न परिकारका फलफुलहरु पकाएर खाने गर्दछन ।]

बिशेष गरेर घ्यु, चाकु, फलफुल तरुल खाने चलन छ।

सुर्य जब धनु राशीबाट निस्किएर मकर राशिमा प्रवेश गर्दछ तब माघे संक्रान्ति मान्ने गरिन्छ ।

माघे संक्रान्तिमा सुर्य दक्षिणायनबाट उत्तरायण हुने गर्छ ।

जसबाट सबै प्रकारको शुभ र मांगलिक कार्य फेरि देखी सुरु हुन्छ ।

यस पटक मकर संक्रान्तिमा अमृत सिद्दि , सवार्थ सिद्दि र रवि योग पनि रहनेछ।

ज्योतिषमा यी तिन योगलाई निकै शुभ मान्ने गरिन्छ। मकर संक्रान्तिको यस प्रकारको शुभ योगमा पूजा-पाठ, स्नान र दान गर्दा शुभ फलको प्राप्ति हुने गर्छ।

माघे संक्रान्तिमा जसरी पनि गर्नुहोस यी ५ कार्य

१. माघे संक्रान्तिमा अरु दिन जस्तै बिहान चाढै उठेर आफ्नो नजिकैको पवित्र नदीमा गई नुहाउनुहोस् ।

यदी यो सम्भव छैन भने घरमै पानीमा थोरै गंगाजल राखेर स्नान गर्नुहोस् ।

२. स्नान गरिसकेपछि तामाको भाडामा जल, चामल र रातो फुल राखी सूर्य देवतालाई समर्पित गर्नुहोस ।

जल चढाउने समयमा सुर्यको मन्त्र जप गर्नुहोस ।

३. माघे संक्रान्तिमा दान दिने परम्परा छ ।

त्यसैले यस दिन मन्दिर गएर गुड र कालो तिल दान गर्नुहोस ।

यसरी दान गर्दा सूर्य र शनि देव प्रशन्न हुने मान्यता रहेको छ ।

४. सुर्यलाई जल चढाईसकेपछि मन्दिरमा शिवलिङ्गमा कालो तिलको साथ जल अर्पित गर्नुहोस ।

५. माघे संक्रान्तिमा तिल र गुडबाट बनेको चिज खानुहोस ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...