निर्मलाका बुवा यज्ञराजले रगत नदिनुको आयो रहस्य !



हाम्रो इकोनोमि

 

कञ्चनपुरको भिमदत्त नगरपपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे पाँच महिना बितेको छ । हत्याराको अझै पहिचान हुन सकेको छैन ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत हत्याको प्रमाणसहित प्रतिवेदन पेश गर्न सकेन ।

हत्या आरोपमा विभिन्न मानिसलाई केरकार र सोधपुछ गरियो, उपलब्धि हासिल भएन ।

गएको बुधबारमात्रै हत्यारा पत्ता लगाउन सहजताका लागि निर्मलाकी आमा दुर्गादेवि पन्तले आफ्नो रगतको नमुना दिनुभएको छ ।

त्यसलाई निर्मलाको ‘भेजिलन स्वाब’सँग म्याच गराइने छ ।

रगत जाँचका लागि प्रहरी विधि विज्ञान प्रयोगशाला र नास्टमा पठाइएको छ ।

प्रहरी र कञ्चनपुरका मानवअधिकारकर्मीले दुर्गादेवीको मात्र नभइ बुवा यज्ञराज पन्तको समेत रगतको नमुना जाँच गर्नुपर्ने बताएका थिए ।

तर, यज्ञराजले आफूले रगत दिन अस्विकार गर्दै आउनु भएको छ ।

बुधबार दुर्गादेवीले रगत दिएपछि बिहिबार एका बिहानै घरमा गएर यज्ञराजले रगत किन दिएको भन्दै हप्काएका थिए ।

रहातको रकम लिने र अन्य छोरीहरुको भविष्य हेर्ने बताउँदै आउनु भएकी दुर्गादेवीलाई यज्ञराजले धम्क्याउँदै रकम नलिन बताएका छन् ।

जसले निर्मलाकी आमा एकातिर श्रीमानको डर त अर्को्तिर छोरीले न्याय नपाएको चिन्तामा पर्नुभएको छ ।

यज्ञराजले रगत दिन नमानेपछि सबै सशंकित बनेका छन् ।

कञ्चनपुरका अधिकारकर्मी तथा स्थानीयबासीले यज्ञराजले रगत दिन नमान्नुको कारण के छ भन्दै छानबिन गर्न माग गरेका छन् ।

केही अमुख व्यक्तिसँग मिलेर यज्ञराजले अनुसन्धानलाई अझै लम्ब्याउन खोजेको स्थानीयको आशंका छ ।

एक स्थानीयका अनुसार यज्ञराज पछिल्लो समय फरक स्वभाव देखाउन थाल्नुभएको छ ।

यता, छोरीलाई न्याय दिलाई अपराधीलाई सजायको भागेदार बनाउन लाग्नुभएकी दुर्गादेवी पनि यज्ञराजको व्यवहारदेखि सशंकित बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...