होसियार !! आमा बाबालाइ हेला गरे ५ बर्ष जेल, अामा बुवाकाे सम्मानमा सक्दाे शेयर गराै



हाम्रो इकोनोमि

 

प्रस्तावित कानुन अनसार इच्छा विपरित अलग बस्न बाध्य बनाए एकदेखि तीन महिनासम्म जेल वा १० देखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ ।

साथै मागेर खान लगाए तीन वर्षसम्म कैद वा ३० देखि ९० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ। त्यसै गरि आमा बाबुलाई घरबाट निकालेर बेवारिसे बनाए एक देखि ५ वर्षसम्म जेल वा एक देखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरिएको छ ।

छोराछोरीले घरबाट निकालेपछि बाबु-आमा सडकमा पुगेको धेरै घटना छ । कतिपय आश्रममा पुगेका छन् भने कतिपय सडकमै मागेर गुजारा दयनीय जिबन बिताइरहेका छन् ।

अब भने यस्ता छोराछोरीहरुले जेल को हावा खान पर्ने भएको छ। सरकारले यस्ता काम गर्नेलाई सजाय दिने ब्यबस्था सहित ऐन संसोधन गरेको हो।

उक्त ऐन अनुसार छोराछोरीले आफ्नो कमाइको निश्चित रकम आमाबाबुको लागि छुट्टाउनु पर्ने ब्यबस्था गरेको छ । साथै आमा बाबुलाई इच्छा विपरित अलग बस्न बाध्य बनाए, मागेर खान पर्ने बनाएमा वा सडकमा बेवारिसे छोडिदिएमा सजाय हुने ब्यबस्था गरेको छ।

जेष्ठ नागरिकको सम्पत्ति लिन वदनियतले काम गरे पनि एकदेखि ५ वर्षसम्म कैद वा विगो बमोजिम जरिवाना हुनेछ ।

जरिवाना रकम आमाबाबुको बैंक खातामा जम्मा गरिने ब्यबस्था गरेको छ।

यदि यो ऐन अनुसार सजायँ पाएको व्यक्तिले फेरि पनि यस्तै गल्ति गरेमा १० प्रतिशत सजायँ थप हुने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...