श्रीमानले छुदै नछोएपछि श्रीमतीले यस्तो कदम जुन सुनेर तपाईको होस् उड्ने छ !



हाम्रो इकोनोमि

 

विवाहको ४ वर्षसम्म आफ्ना श्रीमान्ले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक विवाहित महिलाले आत्महत्या गरेकी छिन् ।

ती महिलाले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमान्सहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् ।

भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिरिएको हो ।

उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् ।

विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ । अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ ।

यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।

निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ ।

नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् ।

उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् ।

प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...