घना जंगलमा यी महिलाले डेढ घन्टासम्म बाघसँग आँखा जुधाएर उभिइन्, त्यसपछि के भयो ?



हाम्रो इकोनोमि

 

भारतमा आफ्नो ज्यान जोगाउन एक महिलाले डेढ घण्टासम्म बाघसँग आँखा जुधाएर अभिएकी छन् ।

भारतमा फरेस्ट रेन्जमा कार्यरत ति महिला वनरक्षकले जनावरको गणना गर्न जाँदा बाघसँग जम्काभेट भएको हो ।

पञ्जाको छाप पछ्याउँदै जाँदा उनी एक खोल्सोनजिक पुगिन् । त्यहाँ १० मिटरको दूरीमा एउटा बाघ बसिरहेको थियो ।

बाघ उनलाई देखेर गर्जियो तर उनले टसमस गरिनन् । डेढ घन्टासम्म उनी बाघसँग आँखामा आँखा जुधाएर उभिरहिन् ।

घटना मध्य प्रदेशको होशंगाबादमा भएको हो । त्यहाँको सतपुडा टाइगर रिजर्भमा कार्यरत सुधा धुर्वे मंगलवार बिहान बाघको सामना गर्दै डेढ घण्टासम्म अडिग रहिन् ।

बाघले उनलाई तर्साउनका लागि गर्जन गरिरहेपनि सुधाले तालिमलाई याद गरेर टसमस नगरिकन उभिइन् ।

डेढ घण्टापछि बाघ त्यहाँबाट हिँड्यो । सुधासँग दुई चौकीदार पनि थिए ।

एक चौकीदारले भाग्ने कोशिश गर्दै कदम पछि हटाउँदा बाघले आक्रमण गर्ने मुद्रा देखायो ।

त्यसपछि तीनैजना त्यहाँ मूर्ति जस्तो नचली उभिरहे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...