अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु



हाम्रो इकोनोमि

 

अस्ट्रेलियाको नेपाली समुदाय नयाँ वर्ष लगत्तै दुखद समाचारवाट ग्रुजनु परेको छ। यसै साता मात्र दुई नेपाली विद्यार्थीको पानीमा डुबेर दुर्घटनामा परेको खबर सेलाउन नपाउँदै फेरि बिहिबार राति ओलंघन क्षेत्रमा एक नेपाली विद्यार्थीको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ।

चितवन घर भएका सुजन दाहालको गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो।

गाडी दुर्घटनाकै क्रममा ओलंघन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिवारसहित बसोबास गर्दै आएका उनी ओलंघनबाट आउजाउ गर्ने गरेको स्थानीय नेपालीले बताए।

उनी डोमिनोज र स्वास्थ क्षेत्रमा कार्यरत रहेको र हरेक विकेन्डमा परिवारसँग समय बिताउन टारी जाने गर्थे।

बिहिबार राति पनि उनी काम सकेर टारी फर्कने क्रममा दुर्घटना परेको हुनसक्ने उनलाई नजिकवाट चिन्ने नेपाली समुदायका अगुवा नारायण चापागाईँले सेतोपाटीलाई बताए।

हस्पिटलमा रहेको उनको लासलाई पहिचान गर्ने क्रममा अस्पतालमा रहेका नारायणले भावुक हुँदै भने,‘हामीले लास हेरेपछि उनको पहिचान गरेका हौ।’
साह्रै मिलनसार र भद्र सुजनको यो अपत्यारिलो समाचारले ओलंघनको नेपाली समाज शोकमा डुबेको चापागाईँले बताए।

डोमिनेज पीज्जा स्टोर ओलंघन क्षेत्रमासमेत लामो समय काम गरेका सुजन निकै सहयोगी र समाजिक कार्यमा समेत अग्रपंक्तिमा रहने मृदुभाषी ब्यक्ती रहेको डोमिनोजका सञ्चालक तथा आइसीसी क्षेत्रीया संयोजक धर्मराज अधिकारीले बताए।

उनको असमायिक निधनले ओलघंनको नेपाली समाज मर्माहत भएको भन्दै अधिकारीले भने, ‘यस्तो खबर सुन्न कहिल्यै नपरोस्।’

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...