भर्खरै भक्तपुरमा छतबाट खसेर बालकको मृत्यु



हाम्रो इकोनोमि

 

भक्तपुरको सूर्यविनायक नपा १ सिरुटारमा छिमेकीको घरको छतबाट खस्दा बिहीबार एक बालकको मृत्यु भएको छ।

भक्तपुर प्रहरीका अनुसार स्थानीय सञ्जीव राउतका तीन वर्षीय छोरा सभ्य राउतको छिमेकी केशव राजथलाको साढे २ तला घरको छतमा खसेर मृत्यु भएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले आफ्नै हजुरआमासँग राजथलाको घरको छतमा गएको अवस्थामा अचानक सभ्य खसेको जानकारी दिएछतबाट खसेर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए।

यो पनि हेर्नुहोस : अत्यधिक मापसेबाट राईको मृत्युत्यस्तै अत्यधिक मादकपदार्थ सेवनबाट जिल्लाको चाँगुनारायण नपा ९ ताथलीमा इँटाभट्टा मजदुरको मृत्यु भएको छ।प्रहरीका अनुसार भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने घर भई हाल सुडालस्थित बीएम इँटाभट्टामा काम गर्ने ३४ वर्षीय सन्तोष राईको अत्यधिक मादकपदार्थ सेवनबाट मृत्यु भएको हो।

ताथलीस्थित एक होटलमा मादकपदार्थ सेवन गरी इँटाभट्टातर्फ फर्कने क्रममा उनी बाटोमा मृत अवस्थामा फेला परेका थिए।स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले राईलाई मृत अवस्थामा फेला पारेको भक्तपुर प्रहरीले जनाएको छ।प्रहरीले घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ। त्यस्तै शव परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...