पेटभित्रको बच्चीको मार्मिक आत्मकथा, यो पढेपछि कसको मन रुदैन र !यो संदेश मुलक भिडियो



हाम्रो इकोनोमि

 

 

आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो ।

दास्रो महिना

आमा, आज मैले मुँस्कुराउन सिकें । तर अझै पनि म सानै छु,बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि न्यानो र सुरक्षित छ,तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनिरहेर बसेको छु ।

तेस्रो महिना

मामु तपाइलाइ था छ ? आमा म छोरि हु,सायद यो कुरा सुनेर तपाइ खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न चाहन्छु आमा, तपाइ रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाइ संगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न ।

चौथो महिना

आमा मेरो कपालहरु प्लाउन थाले । एकदम नरम र छोटो छ मेरो कपाल् । म प्रायः समय कसरत गरेर बिताउछु,अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु ।

पाँचौं महिना

मम्मु आज तपाइ बाबासंग डाक्टरको मा जानुभो । उस्ले तपाइसंग झुट बोल्यो कि म बच्चा हैन भनेर, म कुनै रोग हो रे । यो सुनेर म कती धेरै रोए । तर मेरो चिच्याहट कसैले सुनेनन्, आमा म कुनै रोग हैन तपाइकै आफ्नै छोरि हुँ । तर एउटा कुरा मैले बुझिन आमा यो गर्भपात भनेको के हो ?

छैठौ महिना

आमा आज फेरी तपाइ त्यो डाक्टरको मा जानुभो । मलाइ त्यो डाक्टर मनै पर्दैन, ऊ एकदम निर्दयी छ । उस्ले मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ ।

सियो जस्तै चुच्चो र धारिलो चिजले मलाइ धेरै पिडा भैरहेको छ, मामु पिलीज विन्ती छ उसलाई रोक्नु भन्नुस न । म यहाँ असहाय दुखाइले छटपटाईरहेकी छु । बिन्ति छ मलाइ नमार्नुस, मलाइपनि वाहीरी सुन्दर संसार हेर्न दिनुस् ।

मेरो के गल्ति छ र ? आमा किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ? तपाइलाइ मेरो माया लाग्दैन आमा, मेरो अन्तिम सास मात्रै बाकि छ अब, आमा बिन्ति छ मलाइ बचाउनुस, म मर्न चाहन्न ।

आमा ?, आमा ????

बच्चीको करुणा र विन्ती सुनिदिने कोहि भएन,उस्को चिच्याहट र प्राण नेपथ्यमै बिलिन भयो ।

सातौं महिना

आमा अहिले म सुरक्षित छु । म अहिले भगवानको काखामा छु, वहाले मलाइ बोकिरहनुभको छ । अनि मलाइ गर्भपातको बारेमा पनि भन्नु भयो, ऐले मैले सबै कुरा बुझें, किन तपाइले पनि मलाइ नअपनाउनुभएको ?

मलाइ माफ गरिदिनुस आमा म छोरा भएर जन्मिन सकिन, तर मलाइ तपाइसंग केहि गुनासो छैन सिर्फ भगवानलाइ यहि प्राथना छ कि अर्को जुनिमा पनि म तपाइकै कोखमा छोरा भएर हुर्किन पाऊं, तपाइ मलाइ सम्झीएर कहिल्यै नरुनु ल । किनकि तपाइको आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउछ । आमा मेरी प्यारी आमा‘ आमा….

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...