दु:खद खबर : गोरखामा बसले ठक्कर दिदा ३ बर्षीय बालकको मृत्‍यु



हाम्रो इकोनोमि

 

 

बसको ठक्करबाट आरुघाट गाउँपालिका–९ वगैचामा बुधवार एक बालकको मृत्यु भएको छ ।

सोतीबाट काठमाडौ जाँदै गरेको ना ७ ख ७२६६ नम्बरको बसको ठक्करबाट धादिङ घर भई हाल आरुघाट बस्दै आएका तीन बर्षीय आरब अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

‘बच्चा बाटोमा खेल्दै रहेछ, बच्चा लडेपछि मान्छेहरु कराएछन्,’ स्थानीयको भनाइ उदृत गर्दै जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले भने, ‘मान्छे कराएको सुनेर ड्राइभर स्टेरिङ छाडेर भागेछ, त्यही बेला बस पछाडि हटेर बच्चालाई किचेछ ।’

घाइते अधिकारीको प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । सवारी र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

र याे पनि गैँडाको आक्रमणबाट चार महिला घाइते

गैँडाको आक्रमणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खर काट्न गएका बेलडाँडी गाउँपालिका–२ का चार महिला घाइते भएका छन् ।
गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ३७ वर्षीया सीता उपाध्याय, ६० वर्षीया दुर्गादेवी उपाध्याय, ३८ वर्षीया सरस्वती सावद र ३३ वर्षीया सुशीला उपाध्याय घाइते भएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीले आजदेखि तीन दिनका लागि खर कटाइ खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...