वाइडबडीको पैसा धोक्रामा हालेर ओली र प्रचण्ड निवासमा पुग्यो,देउवाले ३० करोड र खनालले पचाए २२ करोड



हाम्रो इकोनोमि

 

फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबस निर्मित ए ३३०-२०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद घोटालामा आफ्नै पार्टी नेतृत्वको सरकार र मन्त्रीहरू मुछिँदा पनि (ने.क.पा.) का अध्यक्षद्धय के.पी.शर्मा ओली र पुष्पकमल दाहालले आश्चर्यजनक मौनता साँधेका छन् ।

 

संसद मातहतको सार्वजनिक लेखा समितिले वाइडबडी किन्दा घोटाला गरेको जनाउँदै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीमाथि कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइसकेको छ ।

 

तर, सत्ताधारी नेकपाका अध्यक्षद्वय दाहाल र प्रधानमन्त्री ओली हालसम्म यस खरिद घोटालाबारे केही बोलेका छैनन् । महाकाली सन्धीदेखि नै आर्थिक अपारदर्शीताको आरोप खेपिरहेका ओली र माओवादी युद्ध, शान्तीप्रकृयादेखि लडाकु व्यवस्थापनसम्मका काममा चेक खोसेर बदनामी कमाएका दाहालले एअरबस खरिद प्रकरणमा साँधेको मौनताले आशंकाको तीर उनीहरूतिरै सोझिँदै गएको छ ।

 

विमान खरिद घोटालामा मुछिएका मन्त्री रविन्द्र अधिकारीलाइ चोख्याउन पार्टीका सांसदमार्फत सार्वजनिक लेखा समितिलाइ प्रभावित पार्न खोजेका दाहाल र ओलीले एकाएक न्यायिक छानबीन समिति गठन गरेका छन् । सार्वभौम भनिने संसदको छानबीन मान्न नसकिने अभिव्यक्ति सरकारकै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिइसकेका छन् ।

 

संसदको लेखा समितिअन्तर्गत गठित उपसमितिले गरेको छानबीनमा नेपाल वायुसेवा निगमलाइ विमान खरिद गर्दा ४ अर्ब ३५ करोड भ्रष्टचार भएको पाइएको छ । सिन्डिकेटदेखि एकाधिकारलाइ कायम राख्न शक्ति खर्चिरहेका दाहाल र ओली यति ठूलो घोटाला हुँदा पनि चुइँक्क नबोल्नुलाइ सर्वसाधारण नागरिकले अर्थपूर्ण रूपमा हेरेका छन् ।

 

उन त यो काण्डमा कांग्रेस सभापति शेर बहादुर देउवाले पनि ३० करोड हात पारेको श्रोतको भनाई छ। झलनाथ खनालले २२ करोड दम्पच पारेको र ओली र प्रचण्डले सबै भन्दा धेरै कब्जा गरेको उच्च श्रोतको भनाइ छ।

 

कांग्रेससँग मिलिजुली काम गर्ने सहमति भयो : प्रचण्ड

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर काम गर्न प्रमुख विपक्षी सहमत भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय मुद्दामा मिलिजुली काम गर्ने सहमति भएको उनले बताए । चितवनको पुनर्निर्माणबारे मंगलबार भएको छलफलमा प्रचण्डले भने, ‘हिजो देउवासहित वरिष्ठ नेताहरुसँग छलफल भयो, राष्ट्रिय मुद्धामा सहमति गरेर जाने कुरा भएको छ ।’

 

उनले जिल्लामा पुनर्निर्माणको कामलाई तीव्रता दिइने बताए । ‘भूकम्पले क्षति गरेका १४ जिल्लालाई पहिला प्राथमिकतामा राखेर पुर्ननिर्माण गरियो त्यसले गति पनि लिएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘अब १७ औं जिल्लामा रहेको चितवनको पुर्ननिर्माणले पनि गति लिन्छ । प्राविधिक समस्याहरु सल्टाउँछौं ।’

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...