अघिल्लो स्टाटस डिलिट गरेपछि फेरी लेखे : कुनै अनैतिक वा गैर कानुनी काम भएको भए कडाभन्दा कडा सजाय दिईयोस



हाम्रो इकोनोमि

 

ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु।

कुनै अनैतिक वा गैर कानुनी काम भएको भए मलाई कुनै छुट नदिई कडा भन्दा कडा सजाय दिईयोस।

गरेको पुरानो गल्ती स्विकारेको नै छु।

मनगडन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिन।म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु।यतिबेला म कानुनी रुपमा सम्बन्ध बिच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हु।

कुनैपनि पुराना सम्बन्धको नैतिक वा कानुनी जिम्मेवारी म माथि छैन।

बिश्वको कुनैपनि अदालतमा म बिरुद्ध आज सम्म कुनैपनि अभियोगमा कुनै किसिमको मुद्दापनि छैन।

मलाई आदर्श, नैतिकता, जिम्मेवारी, सामाजिक उत्तरदायित्व,महिला एवं पुरुष हक,सत्चरीत्र,असलअभिभावकत्व,बिश्वास,माया ,धोका, सहि गर्यो,गलत गर्यो, माथी चड्यो, तल गिर्यो, स्तरमा बस्यो,स्तर गिरायो,बोल्नु पर्थ्यो, बोल्नै नहुने,यो बाकी छ, यो सक्कियो लगायतका यावत पाठ यो बीचमा पढाइ सक्नु भएका,पढाई रहनु भएका र अब पढाउन तयार रहनु भएका ज्ञात अज्ञात समस्त महानुभावहरु प्रति आभार ब्यक्त गर्दै अत्यन्त निजि जीवनको यो बिषय यहि टुङ्याउछु।

यी मैले बुझ्दै नबुझेका बिषय त थिएनन।तर मानिस परिस्थितिको दास हुनै पर्छ।समय शीर्षक र पात्रहरू मात्र फरक हुने हुन।

सबै आलोचनाहरुलाई मैले अभिमानी भएर होइन आत्मबिश्वासी भई एक असल पाठ सम्झी ग्रहण गरेको छु।

दोष जसलाई लागेपनि भोगाइ बद्लिने होइन।

 

मुस्किलको यो घडिमा साथ, हौसला प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रति शीर निहुराएरै आभार प्रकट गर्दछु।

साथै आफन्त र परिवारप्रति मेरा कारण पर्न गएको चोट प्रति क्षमा याचना समेत गर्दछु।

आफ्ना तर्फबाट यो बिषय अब सदाकालागि टुङ्याउदछु।सबैको भलो होस।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...