काठमाडौँमा वर्षासंगै चन्द्रागिरीमा भारी हिमपात(भिडियो)



हाम्रो इकोनोमि

 

काठमाडौँमा पानी परेको छ ।

सोमबार बिहानैदेखि काठमाडौँ उपत्यका वरपर पानी परिरहेको थियो भने बिहान साढे ८ बजेदेखि उपत्यका भित्र पनि हल्का पानी परिरहेको छ ।

यसै पनि पुसको चिसोले सताएको काठमाडौँवासीलाई पानी परेपछि झन् चिसो बढ्न सक्ने पिर परेको छ ।

चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकामा साँझ बिहानको तापक्रम घटेको छ ।

तर बिहान सबेरैदेखि घाम लाग्ने भएकोले दिउँसो भने त्यति धेरै जाडोको महसुस हुने गरेको छैन ।

पानी परे संगै चन्द्रागिरीमा हिमपात भएको खबर छ ।

यस्तै उता जाजरकोट, कालिकोट र बाजुरामा पनि हिमपात भएको खबर आएको छ ।

मौसमबिभागका अनुसार आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली हुने छ ।

यस्तै पश्चिमि क्षेत्रमा पनि आंशिक बदली हुनेछ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

 

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो ।

साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एक/दुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ ।

ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...