श्रृष्टि खड्का : नेपालको २५० वर्षको इतिहासमा पहिलोपटक एउटी महिला बनिन् सैनिक गुल्मपति ! सम्मान स्वरुप शेयर गराै



हाम्रो इकोनोमि

 

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक अधिकृतले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्‍यो, सेनानी (मेजर) श्रृष्टि खड्कालाई ।

 

सेनाको जागिर खाने सानैदेखिको रहर हो ?
होइन । सेना भनेको के हो भन्नेचाहिँ थाहा थियो । सेनाको जागिर एकदमै इज्जतिलो हुन्छ भन्ने लाग्थ्यो । तर, सेनामै जागिर खान्छु भन्ने सोच थिएन । महिलालाई सेनामा प्रवेश ढिलो गरी खुलेकाले पनि त्यस्तो सोच नआएको हुन सक्छ ।

 

पहिलो महिला गुल्मपतिको जिम्मेवारी सुम्पिएको खबरपछि कस्तो अनुभूति भयो ?
सुरुमा त नर्भस भएँ । जिम्मेवारी पूरा गर्न सकिनँ भने के होलाजस्तो लाग्यो । लगत्तै एकदमै खुसी लाग्यो । अवसर र चुनौती दुवै एकसाथ आएको छ भनेर मनलाई दह्रो बनाएँ ।

 

पहिलो गुल्मपति भएपछि पक्कै पनि पहिलो महिला प्रधानसेनापति हुने महत्त्वाकांक्षा पनि त होला नि ?
म कुनै रेकर्ड बनाउँछु भनेर जागिरमा प्रवेश गरेकी होइन । पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइनँ । काम गर्दै जाँदा त्यस्तो अवसर आएको हो । प्रधानसेनापति व्यक्तिले चाहँदैमा प्राप्त हुने पद होइन । यो ‘सिस्टम’ले गाइड गर्ने कुरा हो । त्यसैले मलाई प्रधानसेनापति बनेर इतिहास रच्छु भन्ने लालसा छैन । सिस्टम र क्षमता अनुसार काम गर्ने हो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...