श्रृष्टि खड्का : नेपालको २५० वर्षको इतिहासमा पहिलोपटक एउटी महिला बनिन् सैनिक गुल्मपति ! सम्मान स्वरुप शेयर गराै



हाम्रो इकोनोमि

 

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक अधिकृतले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्‍यो, सेनानी (मेजर) श्रृष्टि खड्कालाई ।

 

सेनाको जागिर खाने सानैदेखिको रहर हो ?
होइन । सेना भनेको के हो भन्नेचाहिँ थाहा थियो । सेनाको जागिर एकदमै इज्जतिलो हुन्छ भन्ने लाग्थ्यो । तर, सेनामै जागिर खान्छु भन्ने सोच थिएन । महिलालाई सेनामा प्रवेश ढिलो गरी खुलेकाले पनि त्यस्तो सोच नआएको हुन सक्छ ।

 

पहिलो महिला गुल्मपतिको जिम्मेवारी सुम्पिएको खबरपछि कस्तो अनुभूति भयो ?
सुरुमा त नर्भस भएँ । जिम्मेवारी पूरा गर्न सकिनँ भने के होलाजस्तो लाग्यो । लगत्तै एकदमै खुसी लाग्यो । अवसर र चुनौती दुवै एकसाथ आएको छ भनेर मनलाई दह्रो बनाएँ ।

 

पहिलो गुल्मपति भएपछि पक्कै पनि पहिलो महिला प्रधानसेनापति हुने महत्त्वाकांक्षा पनि त होला नि ?
म कुनै रेकर्ड बनाउँछु भनेर जागिरमा प्रवेश गरेकी होइन । पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइनँ । काम गर्दै जाँदा त्यस्तो अवसर आएको हो । प्रधानसेनापति व्यक्तिले चाहँदैमा प्राप्त हुने पद होइन । यो ‘सिस्टम’ले गाइड गर्ने कुरा हो । त्यसैले मलाई प्रधानसेनापति बनेर इतिहास रच्छु भन्ने लालसा छैन । सिस्टम र क्षमता अनुसार काम गर्ने हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...