साहसी आमा ! जसले लुटेराको प्रतिकार गर्दै बन्दुक खोसेर घरबाट लखेटिन (भिडियो)



हाम्रो इकोनोमि

 

गएको मंगलबार साँझ करिव ६ बजे मंगला गाउँपालिका–५ अर्मनको किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकी घरमा एक्लै थिईन् ।

बेलुका अत्याधिक चिसोका कारण बुढाथोकी चुल्हो नजिक बसेकी थिईन् ।

बाहिर सुन सान थियो, बस्तीका सबै घरभित्र थिए ।

खाना खाएर सुत्ने तयारीमा रहेकी बुढाथोकीलाई एक्कासी बाहिरबाट अज्ञात समहुले भरुवा बन्दुक लिएर चुल्हो नजिक पुगेर शरीररमा भएका गहना लुट्न थालेपछि बृद्धा बुढाथोकीले तत्कालै प्रतिकार गरिन् ।

बन्दुक र डोरी सहित पुगेका चारजना मध्ये दुईजनालाई तत्कालै चुल्हो नजिक रहेको दाउराले प्रहार गदैं बन्दुक खोस्ने प्रयास गरिन् ।

बुढाथोकीले हातमा लगाएको बाला निकाल्ने प्रयास गरेका लुटेराको प्रयासलाई असफल बनाउँदै ढोकासम्म पु¥याईन्।

एक बृद्ध, एक महिला र दुईजना यूवको समुहमा पुगेका लुटेरा मध्ये दुईजना घर बाहिर बसेका थिए ।

‘पैसा र नगद नदिए बन्दुकले उडाईदिन्छु’ एकजना लुटेराको धम्कीले समेत बुढाथोकीलाई छोएन् ।

बन्दुक खोस्न खोज्दा हातमा समान्य चोट लागेपछि ढोकाबाट बाहिर चिच्चाउँदै छिमेकीलाई सहयोग मागिन् ।

‘चोरलाई मैले चिने,‘चोर चिने’ बुढाथोकीको स्वरले करिव आधा किलोमिटर टाढाको बस्तीमा पुगे पछि लुटेरा महिलाको नजिक बन्दुक छोडेर भागे ।

‘दुईजना चोरलाई मैले भुईमै पल्टाउन सफल भए,‘चोरलाई लडाउँदा पानी समेत पोखियो’ बुढाथोकीले बेनीअनलाइनलाई भनिन् ।

उनले विगतमा समेत एक्लै भएको मौका छोपी लुट्न आएका चोरले १ तोला सुन र १२ हजार लुटेर फरार भएको बताउँदै एकपटक ज्यानको बाजी राखेर प्रतिकार गरेको बताईन् ।

‘योजनाबद्ध तरिकाले आएका चोरलाई मैले घरभित्रै नियन्त्रणमा लिने प्रयास गरेको थिए,‘छिमेकी गाउँसम्म पुगेछन्’ उनले भनिन् ।

घरभित्र एक्लै भएको जानकारी पाएर आएका चोरलाई एक रुपैयाँ पनि लुट्न नदिई प्रतिकार गरेको घटना कान्छो छोरा कमल बुढाथोकीलाई सुनाएको बताईन् ।

एकपछि अर्को गदैं उनले करिव आधाघण्टा भान्सामै प्रतिवाद गरिन् ।

एक्कासी घरभित्र प्रवेश गरेका चोरलाई नियन्त्रणमा लिएर गाउँलेलाई जिम्मा लगाउने प्रयास गरेको उनले बताईन् ।

बन्दुक देखाएर धनसम्पत्ती लुट्नेले भविस्यमा गाउँमा थप लुटपाट गर्न सक्ने भए काले पनि ज्यानको बाजी लगाएरै चोरलाई लखेटेको बताईन् ।

‘उनीहरुले ल्याएको सामान समात्न सफल भए,‘एकजना महिला पनि देखेपछि उसलाई समात्न खोजे’ उनले भनिन्।

गत मंसिर ३ गते सोही समुहले बुढाथोकीको घरमा १ तोला सुन र १२ हजार नगद लुटेर फरार भएका चोरहरुका बारेमा जानकारी थियो ।

एकैपटक घरभित्र प्रवेश गर्दा मैले पैसा दिनुभन्दा प्रतिकार नै गर्ने योजना बनाए ।

उनले चोरचोर भन्दै चिच्चाएपछि भागेकालाई बरंजाको भाँक्रिपानीबाट स्थानीयले नियन्त्रणमा लिएको बताईन् ।

स्थानीयले नियन्त्रणमा लिएका तीनजनालाई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यता चारजना मध्ये एक महिला र दुई पुरुष प्रहरी हिरासतमा छन् भने एक जना फरार भएका छन् ।

प्रहरीले खोजीकार्य तिब्र पारेका छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...