अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने प्राकृतिक उपाय



हाम्रो इकोनोमि

 

अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ ।

सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् ।

त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन ।

छालाबाट दाग-धब्बाहरु हटाउने उपाय र बिधि यस प्रकार रहेका छन् :

आवश्यक सामग्री:
१. कागती
२. भिटामिन ई युक्त तेल

प्रयोग गर्ने बिधि:

एउटा कागतीको टुक्रा लिनुहोस् र त्यसलाई एउटा सफा भाडोमा निचरेर राख्नुहोस ।

कागती निचोरी सकेपछि अब त्यसमा एक चम्चा भिटामिन ई युक्त तेल मिसाउनुहोस् । अब चम्चाले एकछिन घोल्नुहोस् ।

केहि समयपछि तयार भएको मिश्रणलाई अनुहारको दाग भएको ठाउँमा कपासको सहायताले विस्तारै ४-५ मिनटसम्म मसाज गर्नुहोस् ।

मसाज गरि सकेपछि अब ५ मिनेटसम्म त्यसलाई सुक्न दिनुस र सुकेपछि मुख धुनुहोस् ।

यो प्रक्रिया दिनको दुई पटक बिहान र बेलुका गरि प्रयोग गर्नुहोस् ।

१ हप्तापछि तपाई आफैले दागमा आएको परिवर्तन देख्नुहुनेछ ।

कागतीको रस छालाको समस्याको लागि सबैभन्दा उपयोगी सामग्री मानिन्छ ।

कागतीले छालाको दाग हटाउनुको साथै तन्किएको छालाको धर्साहरु, चाउरी परेका छाला लगायतका समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ ।

साथै भिटामिन इ पनि उपयोगी मानिन्छ ।

भिटामिन इले तन्केको छालाको धर्साहरुलाई पुन अवस्थामा पुर्याउन मदत्त गर्दछ ।

शल्यक्रियापछि भिटामिन ई तेल प्रयोग गर्न केहि डाक्टरहरूले सल्लाह पनि दिने गरेका छन्। किनकि यसले छालाका कोशिकाहरूलाई पुनः प्रसार गर्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...