नेपाली सेनाका यी जवानले यसरि बचाए गम्भीर अवस्थामा पुगेकि सुत्केरीको ज्यान



हाम्रो इकोनोमि

 

प्रसुतिका बेला अत्याधिक रक्तश्राव भएर समस्यामा परेकी रसुवाको नौकुण्ड गाउँपालिका वार्ड नम्बर ४ सरमथलीकी महिलालाई नेपाली सेनाका जवानले रगत दिएर बचाएका छन् ।

त्रिशूली अस्पतालमा सुत्केरी सीता कुमारी थिङ को अत्याधिक रक्तस्रावको कारण रक्त अल्पता भई गम्भीर अवस्थामा पुगेपछि श्री श्रीनाथ दल गुल्मका सह-सेनानी विद्युतकुमार बस्नेत र सिपाही अजय चौधरीले रगत दिएका हुन् ।

गम्भीर अवस्थामा पुगेकी सुत्केरीको जिवनरक्षाका लागि रेडक्रस सोसाईटी बट्टार उपशाखाको समन्वयमा रक्तदान गरिएको हो ।

मानिसलाई विपत र समस्या परेका बेलामा सामाजिक भावना अनुसार सुत्केरीलाई

रगत दिएको श्रीनाथ गणका सह-सेनानी बिद्युत कुमार बस्नेतले जानकारी दिए । उता माघीका लागि तरुल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ।

डो टी जिल्ला जोरायल गाउँपालिका–३ सरस्वतिनगरको नौकुणाका ओमबहादुर मगरका १० वर्षका छोरा तुलबहादुर मगरको ज्यान गएको हो।

घर नजिकैको जंगलमा तरुल खनिरहेका बेला माथिबाट माटोको ढिस्को खसेर पुरिएका मगरको तत्काल उद्धार हुन नस्कदा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...