यी ३ तेल ज्यानमारा रहेको प्रमाणित, प्रयोग गरे क्यान्सर हुन सक्ने पुष्टी



हाम्रो इकोनोमि

 

तपाईले दैनिक तरकारी वा अन्य खाद्य वस्तुमा प्रयोग गरिरहेका खाने तल नै ज्यानमारा अर्थात अखाद्य रहेको प्रमाणित भएको छ ।

केही दिन अगाडी मात्र खाद्य प्रविधि तथा गुण नियत्रण विभागले तेलको नमुना परिक्षण गर्दा बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको जनाएको छ ।

विभागले बेन्जन , शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्रान्डको सनफ्लो, धारा ब्रन्ड, धारा हेल्थ, सिजिको सेफब्रान्ड सनफ्लो, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर, सनफ्लो र शान्ति सोयाबिनको नमुनाहरु संकलन गरी जाँच गरेकोमा बेन्जन,फेमली र सनफ्लो तेल मापदन्ड विपरित भेटिएको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एव्म प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार ९ तेल परिक्षण गर्दा ३ तेल अखाद्य भेटिएको हो ।

उनका अनुसार फेला परेका तीन वटा ब्रान्डको तेलमा एसिड भ्यालु ०.५ प्रतिशत भन्दा बढी भेटिएको थियो ।

एसिड भ्यालु बढीहुँदा अपचको समस्या हुने, छालामा समस्या देखिने, पाचन प्रक्रियामा समस्या देखिने र अन्तत क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् ।

ऐन अनुसार कमसल अखाद्य बस्तु बिक्री हुँदा सुरुवातमा एक हजार रुपैयाँ मात्र जरिवाना छ ।

पटकपटक गरे १० हजार रुपैयाँसम्म मात्र जरिवाना हुने प्रवाधान छ ।

यसरी जनस्वास्थ्य माथि नै खेलबाड हुने गरी तेल बेच्दा पनि यस्तो अखाद्य बस्तु बेच्नेलाई कारबाहि भने निकै फितलो हुने गरेको छ ।

यस्ता अखाद्य बस्तुले मानिसलाई क्यान्सर देखि अन्य घातक रोगहरु लाग्न सक्ने चिकित्सकहरुको दावी रहेको छ ।

यो आर्टिकल आम मानिसलाई सचेतना फैलाउन लेखिएको हो ।

तपाई आफुपनि सचेत बन्नुहोस् ।

सेयर गरेर अरुलाईपनि सचेत गराउनुहोस् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...