बैशाखदेखि पाइपलाइनबाटै डिजेल ल्याउने आयल निगमको तयारी, पाइपलाइन विछ्याउन बाटो खुला



हाम्रो इकोनोमि

 

बैशाखदेखि पाइपलाइनबाट डिजेल ल्याउने तयारी भएको छ ।

नेपाल आयल निगमले भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनको काम अन्तिम चरणमा रहेको जनाएको छ ।

तोकिएको समयमा पर्सा राष्ट्रिय निकुञ्जबाट रुख काट्ने काम अघि बढे निर्धारित समयमै पाइपलाइनबाट डिजेल ल्याइनेछ ।

केही साताअघि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांक्न इआइए स्वीकृत गरेकाले काम छिट्टै सक्ने निगमको दाबी छ ।

ईआईएले पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन ६ हजार पाँच सय ६३ वटा ठूला रूख काट्न मिल्ने गरी प्रतिवेदनसहितको स्वीकृति प्रदान गरेको छ ।

एउटा रूख कटान गरेबापत मन्त्रालयले तोेकेको स्थानमा २५ वटा रोपेर पाँच वर्षसम्म हुर्काउनुपर्ने सुझाव दिइएको छ ।

ईआईएको स्वीकृति पश्चात् वन तथा वातावरण मन्त्रालयले रूखको पुनः ग्रेडिङ गरी मूल्यांकन गर्ने काम पनि सम्पन्न गरिसकेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब आठ किलोमिटर पाइपलाइन ओछ्याइनेछ ।

रक्सौलस्थित इन्डो नेपाल सीमादेखि अमलेखगन्जको डिपोसम्मको दुरी ३६ दशमलव २ किलोमिटर छ ।

यसमध्ये टुक्राटुक्रा गरी हालसम्म २६ किलोमिटरमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ ।

अब वन क्षेत्रको आठ र अन्य गरी १० किलोमिटरमा ओछ्याउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...