साढे २ बजे राती प्रेमिका भेट्न गएका सन्दीप भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु



हाम्रो इकोनोमि

 

मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ ।

यहाँको जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ पासिरमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर आइतबार २४ वर्षका सन्दीप बोटको ज्यान गएको हो ।

बुकित जाम्बुलमा रहेको माइडिन सुपरमार्केटमा बिगत पाँच वर्ष यता सन्दिप कार्यरत थिए । उनको परिवारमा श्रीमती र २ बच्चा छन् ।

नेपालबाट नाता प्रमाणीकरण कागजात आइसकेपछि तुरुन्तै अन्तिम दाहसंस्कारको लागि सन्दिपको शव नेपाल पठाउने तयारी गरेको कम्पनी श्रोतले बताएको छ ।

सन्दिप नेपालको चितवनका हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनी त्यहाँ प्रेमिका भेट्न गएको पाइएको जनाएको छ ।

उनी राती साढे २ बजे त्यहाँ प्रेमिकाको कोठामा गएका थिए । ती महिलाले आफूहरु ८ महिनादेखि साथी रहेको बताएकी छिन् । उनीहरु एकै ठाउँमा काम गर्थे ।

महिलाका अनुसार बिहान ५ बजे उनका श्रीमान आएका थिए, त्यतिबेलासम्म सन्दिप कोठामै थिए ।

उनी किचनको स्लाइडिङ डोर खोलेर भाग्ने क्रममा झुक्किएर खसेको र उनको ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...